Madhes Khabar
राजनीति

पर्सामा जसपा निकटकाे शिक्षक फाेरमकाे जिल्ला र महानगर समिति गठन

वीरगन्ज,९कार्तिक:पर्सामा जनता समाजवादी पार्टी (जसपा) निकटकाे संघीय शिक्षक फाेरमकाे जिल्ला कार्यसमिति गठन गरि घाेषणाा गरिएको छ।शुक्रबार वीरगन्जमा जसपाका केन्द्रीय उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवकाे उपस्थितिमा आयाेजित कार्यक्रममा हरिन्द्र प्रसाद चाैरसियाकाे अध्यक्षतामा संघीय शिक्षक फाेरमकाे जिल्ला कार्यसमिति घाेषणा गरिएको हाे।
५१ सदस्यीय जिल्ला कार्यसमितिको सहअध्यक्षमा पिंकी यादव,सचिवमा रामाधार प्रसाद साह,सहसचिवमा द्वारिका चाैहान र काेषाध्यक्षमा रेणु श्रेष्ठ रहेका छन्।
यस्तै कार्यक्रममा संघीय शिक्षक फाेरमकाे वीरगन्ज महानगर कार्यसमितिपनि घाेषणा गरिएको छ।मुनिलाल कर्णकाे अध्यक्षतामा ३५ सदस्यीय वीरगन्ज महानगर कार्यसमिति गठन गरि घाेषणाा गरिएको हाे।
उक्त कार्यक्रममा खानेपानी मन्त्री यादवले पर्सामा शिक्षक फाेरमकाे नयाँ नेतृत्वले जसपा पार्टीलाईपनि अझ सशक्त बनाउने विश्वास लिएको बताए ।उनले जनताकाे सेवामा जसपा अझ सकृयताका साथ लाग्ने भन्दै एकताबद्ध संगठन र जन समर्पित नेतृत्वको बलमा साझा उद्देश्यहरू हासिल गर्ने लक्ष्यमा अगाडि बढ्न नेताकार्यकर्तालाई निर्देशनपनि दिए।
मन्त्री यादवकाे प्रमुख आतिथ्यता तथा  वीरगन्ज महानगरपालिकाका मेयर एंव जसपाका केन्द्रीय सदस्य राजेशमान सिंहकाे विशेष आतिथ्यतामा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य माेहन चाैधरी,संघीय परिषद सदस्य विपिन यादव,जिल्ला अध्यक्ष सिंगासन साह तेली,महानगर अध्यक्ष ईश्वरचन्द्र यादव, नेताहरु तबरेज अहमद,असलम आलम,वीरगन्ज-१० का वडाध्यक्ष सुशील साह कानु,वीरगन्ज-३का वडाध्यक्ष बैजुलाल स्वर्णकार लगायतकाकाेपनि सहभागिता थियाे।

Related posts

राप्रपासंग चुनावी तालमेलको तयारीमा एमाले

MadhesKhabar

सिके राउत अन्यत्रको शक्तिबाट परिचालित तत्व हुन् : उपेन्द्र यादव

MadhesKhabar

सत्ता गठबन्धनका शीर्ष नेताहरु भन्छन्: गठबन्धन थप एकताबद्ध भएर अगाडि बढ्नेछ

MadhesKhabar

Leave a Comment