वीरगन्ज, फागुन १८: पर्साको क्षेत्र नम्बर–४ का नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले जगरनाथपुर गाउँपालिका वडा नं. ५ अन्तर्गत मसिहानी टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो कार्यक्रम अन्तर्गत उम्मेदवार रिजालले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आगामी निर्वाचनमा आफूलाई समर्थन गर्न आग्रह गरेका थिए। उनले क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारीका अवसर सृजना आफ्नो प्राथमिकतामा रहेको बताएका छन्।
कार्यक्रममा स्थानीय बासिन्दाले उनलाई स्वागत गर्दै आफ्ना समस्या र अपेक्षाबारे जानकारी गराएका थिए। मतदातासँगको अन्तरक्रियामा रिजालले जनताको सुझावलाई आफ्नो चुनावी एजेन्डामा समेट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताको सहभागितामा सम्पन्न उक्त घरदैलो कार्यक्रम उत्साहजनक रहेको जनाइएको छ।


