Madhes Khabar
राजनीति

रास्वपा उम्मेदवार सुशीलले भने : पर्सा–२ का जनता आफ्नो सांसद युवालाई बनेको देख्न आतुर छन्

वीरगन्ज,१०माघःपर्सा क्षेत्र नम्बर २ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर २८ दरदरवामा शनिबार साँझ रास्वपा उम्मेदवार सुशीलकुमार कानुले त्यस वडाका रास्वपा कार्यकर्ता र समर्थकहरुसंग भेटघाट गरेका छन्।

गत बिहीबारदेखि चुनावी प्रचार अभियान थालेका रास्वपा उम्मेदवार कानुले शनिबार साँझ वडा नम्बर २८ दरदरवा गाँउमा पुगेर त्यहाँका कार्यकर्ता र समर्थकहरुलाई भेटेर अन्तरकृयासमेत गरेका छन् । उक्त कार्यक्रममा रास्वपा उम्मेदवार कानुले अबको देशको नेतृत्व युवा पुस्ताको हातमा आउन थालेको बताए । युवा पुस्ताले नै देशलाई समृद्धिको बाटोमा अगाडि लैजाने सक्ने भएर नै रास्वपाले देशभर आफ्ना उम्मेदवारहरु युवा पुस्तालाई नै प्राथमिकता दिएर चुनावी मैदानमा उतारेको उनले बताए ।

रास्वपा उम्मेदवार कानुले ३१÷३२ वर्षकै उमेरमा वडा नम्बर १० का जनताले आँफुलाई वडाध्यक्षमा जिताएको स्मरण गराउँदै भने,‘ मैले वडा नम्बर १० का जनताको आशा ,भरोसालाई कहिल्यैपनि टुट्न दिइन । जनता नै मेरो पहिलो प्राथमिकतामा हिजो वडाध्यक्ष हुदँँपाि थिए , र आजपनि मेरो पहिलो प्रथमिकतामा जनता नै छन्, भोलिपनि रहनेछन् ।’

देशभर अहिले रास्वपाप्रतिको जनलहर बढ्दै गएकोका कारण फागुन २१ को निर्वाचनमा रास्वपाको एकल बहुमत आउने दाबीपनि उनले गरे।यतिमात्र नभई नेपालकै इतिहासमा पहिलो पटक मधेसीको छोरा बालेन शाह प्रधानमन्त्री बन्न गइरहेको ठाुकरवापनि उनले गरे ।

’अबकी बार, बालेन सरकार’को नाराले मधेसमात्रै नभइ देश नै गुञ्जयमान भएको बताउँदै उनले भने,‘ पर्सा–२ का भगवानरुपी जनताले पनि परिवर्तन चाहेका छन् । युवालाई आफ्नो सांसद बनेको देख्न आतुर छन् ।’

Related posts

वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियु विजयी

MadhesKhabar

लोसपाका दुइ केन्द्रिय सदस्य सहित बाराका १० नेता एमाले प्रवेश

MadhesKhabar

वीरगन्जको उपमेयरमा पराजित जयसवाल सांसद बन्न सफल

MadhesKhabar

Leave a Comment