Madhes Khabar
राजनीति हेडलाइन

वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियु विजयी

मधेसखबर
वीरगन्ज ,५चैत : वीरगन्ज स्थित वीरगन्ज नर्सिङ क्याम्पसकाे स्ववियुमा एक सदस्य बाहेक सभापति सहित पदाधिकारी र सदस्यमा अनेरास्ववियु विजयी भएकाे छ ।
आइतबार भएकाे निर्वाचनमा स्ववियु सभापतिमा अनेरास्ववियुकि मनिषा चाैधरी निर्वाचित भएकि हुन् । ९१ मतसहित चाैधरी सभापतिमा निर्वाचित भएकाे निर्वाचन अधिकृत राेमिना श्रेष्ठले जानकारी दिइन् ।चाैधरीकी निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघकि यामिनी खड्काले भने ६३ मत मात्रै पाएकाे श्रेष्ठले बताइन् ।
यस्तै सचिवमा पनि अनेरास्ववियुकै सृष्टि तिमिल्सिना ८९ मतका साथ , काेषाध्यक्षमा पनि अनेरास्ववियुकै अर्चना गुप्ता ९२ मतका साथ निर्वाचित भएकी छन् ।
सदस्यमा अनेरास्ववियुकै मुना श्रेष्ठ र विवेक रानाभाट तथा नेविसंघकी स्मृति थापा निर्वाचित भएका छन् ।

Related posts

संसदको चुनाव कात्तिक वा मंसिर भित्रै हुने प्रधानमन्त्री देउवाको भनाइ

MadhesKhabar

पर्सा १ (ख) का युवा उम्मेदवार सर्राफ भन्छन् : मतदाताले मुख्यमन्त्री राउतकाे विकल्प खाेजिरहेका छन्

MadhesKhabar

मेयर सिंह भन्छन् : घण्टाघरमा सधैका लागि झिलिमिली बत्ती जडान गर्ने काम हुदैछ

MadhesKhabar

Leave a Comment