Madhes Khabar
राजनीति हेडलाइन

बारामा जारी मतगणनामा जसपालाई उछिन्दै जनमत पार्टिको अग्रता

मधेसखबर
बैशाख ११ गते : बारामा मतगणाना सुरु भएको छ । विहान ११ बजेदेखी मतगणना सुरु गरीने भनिएपनि दिउँसो १ बजेबाट मतगणना सुरु भएको हो ।

जारी मतगणनामा अहिले जनमत पार्टिका उम्मेदवार शिवचन्द्र कुश्वाहाले अग्रता लिएका छन् । मतगणनाको सुरुमा जनता समाजवादी पार्टिका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएपनि अहिले उनलाई जनमत पार्टिका उम्मेदवार कुश्वाहाले पछि पारेका छन् ।

यादवलाई भने एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले पछ्याईरहेका छन् । अहिले १७१७ मत गणना हुँदा जनमत पार्टिका उम्मेदवार शिवचन्द्र कुश्वाहाले ६२८ मत ल्याएका छन् । त्यस्तै जनता समाजवादी पार्टिका उम्मेदवार उपेन्द्र यादवले ५७१ मत ल्याउँदै कुश्वाहालाई पछ्याईरहेका छन् भने यादवलाई नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५१० मतका साथ पछ्याईरहेका छन् ।

यसअघिको गणनामा जनता समाजवादी पार्टिका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका थिए भने अहिले उनलाई उछिन्दै जनमत पार्टिका उम्मेदवार शिवचन्द्र कुश्वाहाले अग्रता कायम गरेका छन्

रास्वपाका उम्मेदवार रमेश खरेलले भने अहिले सम्म २३६ मत ल्याएका छन् भने आम जनताका पायिार्टका उम्मेदवार अरुण ज्ञवालीले ७६ मत प्राप्त गरेका छन् । मतगणना हाल जारी नै छ ।

Related posts

धोबीनी गाँउपालिका उपाध्यक्षमा पत्रकार आर के पटेलको उम्मेदवारी

MadhesKhabar

पर्साकाे पटेर्वा सुगाैलीमा सञ्चालनमा आयाे जिल्लाकै पहिलाे आधारभुत अस्पताल,देउवाले गरे उद्घाटन 

MadhesKhabar

बारामा ८ वर्षीया बालिकामाथि सामुहिक बलात्कार, नातामा काका पर्नेसहित ७ जना पक्राउ

MadhesKhabar

Leave a Comment