Madhes Khabar
राजनीति हेडलाइन

रास्वपाले मधेसलाई बुझ्ने काेशीस गरिरहेकाे छ : उपसभापति अर्याल

वीरगन्ज,५असाेज: राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डाेलप्रसाद अर्यालले मधेस र मधेसका मुद्दा बारे आफनाे पार्टी अहिलेपनि बुझ्ने क्रममै रहेको बताएका छन् ।

वीरगन्जमा शुक्रबार आयाेजित पत्रकार भेटघाट कार्यक्रममा उपसभापति अर्यालले मधेस र मधेसका मुद्दा बुझेपछिमात्रै मधेस बारे पार्टीको धारणा स्पष्ट पारिने बताए।उनले भने,`मधेसले के चाहेकाे छ ? मधेसका मुद्दाहरु के के हुन् ? यसबारेमा पार्टीले बुझ्ने काम गरिरहेकाे छ ।

मधेसलाई राम्रोसँग बुझिसकेपछि मात्रै मधेसका मुद्दा सम्बाेधनका लागि काम गर्न सकिने उनले बताए ।अर्यालले पुराना वा ठूला भनिएका राजनीतिक दलले अहिले सम्म मधेसलाई बुझ्नै नसकेकाे रास्वपाकाे निष्कर्ष रहेकाेपनि बताए ।उनले भने,`त्यहि कारणले उनिहरुले मधेसलाई माया दिन सकेका छैनन् । मधेसका मुद्दा सम्बाेधन गर्न सकेका छैनन् ।

अहिले मधेसका ८ वटै जिल्लामा रास्वपा संगठन विस्तारकाे अभियानमा लागेकाे जानकारी पनि गराए ।

अर्यालले संविधान संशाेधनका लागि रास्वपाले संसदमा जाेडदार ढंगले आवाज उठाउने बताए । उनले भने,`संविधानसभा केहि कुरा असाध्यै राम्रापनि छन् । तर धेरै कुराहरु सच्याउनु पर्ने पनि छन् । त्यसकारण संविधान संशाेधन गर्नुपर्छ । याे रास्वपाकाे स्पष्ट धारणाा पनि हाे ।

संघीयताका बारेमा रास्वपामा अहिलेसम्म कुनै बहश नभएकाे उनले बताए ।उनले भने,`संघीयताकै कारणले देश सक्कियाे, याे खारेज हुनुपर्छ भन्ने भाष्य निर्माण गर्न खाेजिदैछ ।तर रास्वपामा भने संघीयता राख्ने कि हटाउने भन्ने विषयमा आजसम्म बहश नै भएकाे छैन ।

राजतन्त्र र राजा फर्काउने सन्दर्भमा सञ्चारकर्मीले साेधेकाे प्रश्नमा उपसभापति अर्यालले नेपालमा अब राजा वा राजतन्त्रका बारेमा बहश गर्नु आवश्यक नै नभएको बताए ।उनले भने,`पुर्वराजालाई राजनीतिमा फर्कने चाहना नै छैन ।तर केहि दल उनकाे नाम भजाँएर राजतन्त्र फर्काउने भन्दै सडकमा उफ्रिरहेका छन् ।

रास्वपाका सदस्य मुर्ली जलानकाे अध्यक्षतामा भएको कार्यक्रममा रास्वपाकी मधेस प्रदेश सदस्य तुलसा पाैडेल अधिकारी , नेताहरु शेखर अग्रवाल,दिपेन्द्र साह, नवलकिशाेर साह, प्रकाश साह लगायतको पनि सहभागिता थियाे ।

 

Related posts

सार्वजनिक गाडीमा विद्यार्थीले ४५ प्रतिशत छुट पाउने नियम लागू गराउन माग गर्दै वीरगन्जमा प्रदर्शन

MadhesKhabar

कृषि उद्यमी र किसानलाई प्रोत्साहित गर्न राष्ट्र बैंकका गर्भनर अधिकारीको निर्देशन

MadhesKhabar

पर्सा २ का काँग्रेस उम्मेदवारको समर्थनमा उत्रिए गृहिणी महिलाहरु पनि

MadhesKhabar

Leave a Comment