Madhes Khabar
राजनीति हेडलाइन

मधेसमा आएर गगन थापाले गरे सभापतिमा उम्मेदवारी दिने घोषणा

सर्लाही,२०मंसिरःनेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।शनिबार सर्लाहीको मलंगवामा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री थापाले १५ औं महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका हुन् ।

नयाँ नीति, नयाँ सन्देशका साथ उम्मेदवारी दिने थापाले बताए । ‘पार्टीका साथीहरुसंग छलफल गर्दै छु । नयाँ नेतृत्व चयनका लागि चाडै नै देश दौडाहा गर्छु।’ उनले भने,‘फागुन २१ को प्रतिनिधिसभा निर्वाचन अघि नै पार्टीको महाधिवेशनमा जानुपर्ने अवस्था छ । बिचको केही समय छलफल र बहसमा खेर गएको छ । समय छोटो छ । चाडैं नै पार्टीको महाधिवेशन सम्पन्न गरेर फागुन २१ को निर्वाचनमा जानु पर्ने अवस्था छ ।’

अर्को प्रसंगमा थापाले फागुन २१ गते हुने निर्वाचनमा सबै दल सहभागी हुने विश्वास व्यक्त गरे। संविधानमाथिको क्षति थप बढ्न नदिन फागुन २१ गते निर्वाचन गर्नुपर्ने थापाले बताए । ‘नेपाली कांग्रेसको तर्फबाट फागुन २१ को निर्वाचनप्रति हामी पूर्ण प्रतिबद्ध छौँ,’ महामन्त्री थापाले भने,‘दलहरु तयार भइसकेकाले सरकार पनि सम्पूर्ण संशय हटाएर निर्वाचन गराउने गरी अघि बढ्नुपर्छ ।’

जेनजी आन्दोलनपछि फरार रहेका कैदीबन्दी र लुटिएका हतियार निर्वाचनका लागि चुनौती रहेको थापाले बताए । थापाले भने,‘केही संशय छ । सरकारले समयमै त्यस्तालाई नियन्त्रण गर्नुपर्छ । भागेका कैदी र लुटिएका हतियारले चुनावमा केही अपराधिक गतिविधि हुन सक्नेमा शंका छ । सरकारलाई हामीले अवगत गराएका छौं । प्रधानमन्त्रीले राखेका सर्वदलिय बैठकमा सरकारलाई हामीले ध्यानाकर्षण गराएका छौं ।’ साभारःअन्नपूर्णपोष्ट

Related posts

पर्सा ४ मा काँग्रेसका रिजाल र चाैधरीलाई जिताउन विभिन्न समितिहरु गठन

MadhesKhabar

वीरगन्जमा पनि दिनहु कोरोना संक्रमित भेटिदै

MadhesKhabar

खानेपानी मन्त्रीसंग वीरगन्जका जनप्रतिनिधीको गुहार : मन्त्री ज्यु पानीको संकट समाधान गरिदिनुस्

MadhesKhabar

Leave a Comment