Madhes Khabar
समाज हेडलाइन

पत्रकार नेहाल खानकाे उपचारका लागि पत्रकार राघव साहले गरे ५१ हजार सहयाेग

वीरगन्ज,१४कार्तिकज: फोक्सोको समस्याबाट ग्रसीत भई बिरामी भएका वीरगन्जका पत्रकार नेहाल खानलाई पत्रकार राघव साहलेपनि आर्थिक सहयाेग गरेका छन् ।

 

कोरोना महामारीकै बेलादेखि फोक्सोको समस्याबाट ग्रसीत भएका खान दुई महिनाअघि सिकिस्त भएपछि नारायणी अस्पतालको आइसियुमा भर्नाएका थिए ।अस्पतालबाट डिस्चार्ज भइ हाल उनी घरमै स्वास्थ्यलाभ गरिरहेका छन् । खानकी पत्नी अजमा खातुनपनि क्यान्सरपीडित भएर चितवनकाे भरतपुरमा उपचारत रहेकी छन् ।

मंगलबार पत्रकार साहले पत्रकार खानकाे घरमै पुगेर ५१ अजार रुपैयाँकाे चेक खानलाई प्रदान गरेका हुन् ।पर्दापास दैनिक पत्रिकाका प्रकाशक तथा नेकपा एकीकृत समाजवादी पार्टीका प्रचार विभाग सदस्यसमेत रहेका साहले आँफुले गरेकाे सहयाेग प्रयाप्त नभएकोले पत्रकार खानलाई आर्थिक सहयाेग गरिदिन सबैलाई अपिलपनि गरे ।

यसअघि प्याब्सन पर्साले पनि पत्रकार खानलाई १ लाख २८ हजार १८१ रुपैयाँ सहयोग गरेकाे थियाे । यस्तै वीरगन्ज महानगरका मेयर राजेशमान सिंहलेपनि व्याक्तिगत रुपमा ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।

Related posts

एसईई : पर्सामा केन्द्राध्यक्षसहित ५ जना पक्राउ

MadhesKhabar

वीरगन्ज नर्सिङ क्याम्पसमा मतगणना विवाद तत्काल सुल्झाएर पठनपाठन सुचारु गर्न नेविसंघको माग

MadhesKhabar

पर्साका मधेसी दलमा उथलपुथल : करिमा, शशीकपुर सहित सयौं नेताहरु जनमतमा प्रवेश गर्दै

MadhesKhabar

Leave a Comment