Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पतालका लागि १ अर्बको प्याकेज बजेटमा समावेश गराएको छु :स्वास्थ्यमन्त्री यादव

वीरगन्ज,०५बैशाखः संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले देशभरीका सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरुको सुधार आफनो पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

गृहनगर वीरगन्जमा शनिबार आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त स्वास्थ्यमन्त्री यादवले संघ, प्रदेश र स्थानीय तह तीनै तहका सरकार मातहतमा रहेका अस्पताल र स्वासथ्य संस्थाहरुमा विद्यमान समस्याको सुधार आफनो पहिलो प्राथमिकतामा रहेको बताए ।

उनले भने,‘देशभरका सरकारी स्वास्थ्य संस्थामा सुधार ल्याउने मेरो हरसम्भव कोशीश रहने छ ।त्यसका लागि मन्त्री पदको पदभार ग्रहण गरेलत्तै पहिलो निर्णय नै ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने निर्णय गरेको हुँ।’

देशभरका सरकारी स्वास्थ्य संस्थामा अहिले ६३ हजार जनशक्ति आवश्यक भएपनि अहिले ३० हजारमात्र जनशक्ति उपलब्ध रहेको बताए । अझै ३३ हजार जनशक्ति अपुग रहेकाले नागरिकको उपचारमा कठिनाई भइरहेको र सरकारले सेवा दिन नसकरिहेको उनले बताए । त्यसैलाई मध्यनजर गर्दै सरकारी अस्पतालमा जनशक्ति थप्ने निर्णय गरेको उनले बताए ।यो यो निर्णयको देशैभरबाट प्रशंसापनि भइरहेको उनले बताए ।

उनले भने,‘धेरै क्रान्तिकारी कुरा गरेर सफल भइदैन । धेरै क्रान्तिकारी कूरा गरेर चमत्कारी कामपनि हुन सक्दैन ।त्यसका कारण स्वास्थ्य क्षेत्रमा रहेका स–साना समस्याहरुमात्रै सम्बोधन गर्न सके भने म सफल हुने विश्वास लिएको छ ।मैले मन्त्री पद सम्हालेको भर्खर पाँच दिनमात्र भएको छ । समस्याहरुको अध्ययन गरिरहेको छछ। छिट्टै सातै वटा प्रदेशका स्वासथ्यमन्त्रीहरुसंग छलफल गरेर धेरै काम अगाडि बढाउने सोचमा छु ।’

स्वास्थ्यमन्त्री यादवले वीरगन्जको नाारायणी अस्पतालका लागि विशेष प्याकेज सरकारको आगामी नीति तथा कार्यक्रममा समावेश गराएको खुलासा गरे ।उनले आगामी नीति तथा कार्यक्रममाा नारायणी अस्पतालका लागि १ अर्ब रुपैयाँको बजेट समावेश गराएको बताए । उक्त बजेट नारायणी अस्पतालको भौतिक संरचना, उपकरण र जनशिक्त थपमा खर्च हुने उनले बताए ।
यसका साथै नारायणी अस्पतालमा उपचार गराउने बिरामीको उपचारका सम्पूर्ण विवरण रहने अनलाइन एपको व्यवस्था गर्न लागिएको जानकारीपनि उनले दिए ।

नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर शैलेश ठाकुरको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा नारायणी अस्पतालका मेसु डाक्टर चित्तरन्जन साह, नेशनल मेडिलक कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक सहनबाज अन्सारी, जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर,वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अनिल यादव लगायतकोपनि उपस्थिती थियो ।

 

Related posts

अघोषित लोडसेडिङले पर्सा-बाराका उद्योगहरु समस्यामा

MadhesKhabar

वीरगन्जमा नाला निर्माणको शिलान्यास गर्दै मन्त्री यादवले भने : अब डुबानको समस्या हट्नेछ

MadhesKhabar

वीरगन्जमा हैजाको महामारी नियन्त्रणका लागि हरसम्भव प्रयास गर्न मुख्यमन्त्री सिंहको निर्देशन

MadhesKhabar

Leave a Comment