Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जकाे शिक्षा र कृषि क्षेत्रमा लगानी गर्न टर्की इच्छुक

वीरगन्ज, १९ असार : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र टर्की सहयोग समन्वय एजेन्सीका दक्षिण एसिया प्रमुख दुर्सान अली यासकानबीच मंगलबार भेटवार्ता भएको छ ।

 

भेटमा महानगरका मेयर सिंहले आफूहरु वीरगन्जको शैक्षिक स्तर वृद्धि गर्न लागि परेको भन्दै त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गरे। नगरको सफाइमा आफूहरु सक्रिय भएर लागेको र परिणाम राम्रै देखिएको भन्दै उनले अब शिक्षा क्षेत्रको सुधारका लागि अघि बढेको बताए ।

शैक्षिक सामग्री, भौतिक संरचना तथा जनशक्ति अभावमा शैक्षिक क्षेत्र सुधारमा केही अवरोध देखिएको भन्दै मेयर सिंहले त्यसका लागि आवश्यक सहयोगको खाँचो रहेको बताए ।

मेयर सिंहकै कार्यकक्षमा भएको भेटमा समन्वय एजेन्सीका दक्षिण एसिया प्रमुख दुर्सान अली यासकानले वीरगन्जमा आफूहरु कृषि र शिक्षामा लगानी गर्न इच्छुक रहेको बताए ।उनले आफूहरु परिणाममुखी काम गर्न तयार रहेको भन्दै महानगरले कृषि र शिक्षामा आवश्यक प्रस्ताव पेश गरे यथाशक्य सहयोग गर्न तयार रहेको पनि बताए ।

यस अघि एजेन्सीले वीरगन्ज १४ बहुअरिमा पुनःनिर्माण गरेको सुफा आइडियल एकेडेमीको मेयर सिंहले उद्घाटन गरेका थिए । टर्की सहयोग समन्वय एजेन्सीले उक्त एकेडेमीलाई आवश्यक शैक्षिक सामग्री समेत हस्तान्तरण गरेको छ ।

मेयर सिंहसँग भेट गर्न टर्की सहयोग समन्वय एजेन्सीका दक्षिण एसिया प्रमुख अलीसहित दक्षिण एसिया डेस्क प्रमुख तारिक मेटे, ढाका संयोजक मर्ट बरिस र ओनुर ओजतुर्क आएका थिए ।

Related posts

थारुको कलासंस्कृत जगेर्ना गर्न पटेर्वा सुगौली गाँउपालिकामा शास्त्रीय संगीत कक्षा सञ्चालन

MadhesKhabar

वीरगन्जमा दुई समुदायबीचको झडपमा एसपीसहित ४० घाइते,कर्फु लगाएर सेना परिचालन

MadhesKhabar

पर्सामा समानुपातिकतर्फ पनि रास्वपा बन्यो पहिलो दल : कुन क्षेत्रमा कुन दलले कति पाए मत ?..

MadhesKhabar

Leave a Comment