Madhes Khabar
कृषि हेडलाइन

वीरगन्जमा ‘एक घर, एक बिरुवा’ अभियान अन्तर्गत महानगरद्वारा फलफुलको बिरुवा वितरण सुरु

वीरगन्ज,१६साउनःवीरगन्ज महानगरपालिकाले थालेको “एक घर, एक बिरुवा” अभियान अन्तर्गत फलफुलका विरुवा वितरण गर्न सुरु गरेकोे छ ।

महानगरपालिकाको कृषि शाखाले ७५ प्रतिशत अनुदनमा अर्थात बजारमा पर्ने मूल्यको एक तिहाई मूल्यमा फलफुलको विरुवा वितरण गर्न थालेको हो । आँप,लिच्ची,कागती,अनार,अम्बा र बेल प्रजातिका विरुवा शुक्रबारदेखि वितरण गर्न थालिएको कृषि शाखाकी प्रमुख रोशनीले यादवले जानकारी दिइन् ।

वातावरणीय सन्तुलन कायम राख्न र हरियाली प्रवद्र्धन गर्न योगदान पुगोस् भन्ने उद्देश्यले “एक घर, एक बिरुवा” अभियानलाई समेत जोड दिदैं फलफुलको विरुवा वितरण गर्न थालिएको उनले बताइन् । यसपालि महानगरपालिकाको कृषि शाखाले पाँच वटै फलफुलका करिब ४ हजार ५०० वटा विरुवा वितरण गर्ने लक्ष्य राखेको उनले जानकारी दिइन् । घरका कौशी र गमलामा समेत रोप्न सकिने खालका विरुवाहरुपनि रहेको उनले बताइन्।

७५ प्रतिशत अनुदनमा वितरण भइरहेको विरुवाको मूल्य प्रजाति अनुसार प्रतिगोटा १८ देखि ४२ रुपैयाँ तोकिएको उनले बताइन् ।
विरुवा लिनका लागि इच्छुक नगरवासीले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी अनिवार्य रुपमा लिएर आउनुपर्ने उनले बताइन् ।

उनले भनिन्,‘१/२ वटा मात्रै विरुवा लिनका लागि नागरिकताको फोटोकपी लिएर आउनुपर्छ । १०/१२ वटा अर्थात धेरै विरुवा लिनुछ भने जग्गाको लालपूर्जाको फोटो लिएर कृषि शाखामा सम्पर्क गर्नुपर्छ।’

Related posts

झारफुकको अन्धविश्वासमा परेर आफन्तले नै बाराका कुम्हार र ठाकुरको पर्सामा हत्या गरेको खुलासा

MadhesKhabar

पर्सा ३ का मतदातालाई बाड्न एमाले नेताको घरमा राखिएका चापाकल बरामद

MadhesKhabar

प्रचण्ड तेश्राे पटक प्रधानमन्त्रीमा नियुक्त

MadhesKhabar

Leave a Comment