Madhes Khabar
स्थानिय हेडलाइन

जापानका राजदूतले वीरगन्जका धार्मिक एंव पर्यटकीयस्थलकाे गरे भ्रमण,मेयर सिंहलाई पनि भेटे

वीरगन्ज,२७ चैत:नेपालका लागि जापानका राजदूत माएदा तोरुले आज(बुधबार) वीरगन्जका धार्मिक एंव पर्यटकीयस्थलको भ्रमण गरेका छन् ।

आज सिमरा विमानस्थलबाट सिधै वीरगन्जमा पुगेर उनले वीरगन्जका का ऐतिहासिक धार्मिक र पर्यटकीयस्थलको भ्रमण गरेका हुन् ।

दूतावासका प्रतिनिधिसहित राजदूत तोरुले आज बिहान वीरगन्जको चर्चित गहवामाई मन्दिरको दर्शन गरे भने त्यसपछि घडीअर्वा पोखरी र मर्मतसम्भार भइरहेको घण्टाघरको समेत अवलोकन गरे ।

त्यसपछि वीरगन्ज महानगरपालिकाकाे कार्यालयमा पुगेका रमजदूत ताेरुलाई मेयर राजेशमान सिंहले स्वागत गरे।त्यसअवसरमा दुवैजनाबीच वीरगन्जका ऐतिहासिक धार्मिक एंव पर्यटकीयस्थलहरुकाे विकासमा हुनसक्ने सहयाेगका बारे छलफलपनि भयाे।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राजदूत तोरु आफ्नो काम विशेषले वीरगन्ज आएका जानकारी दिए । “उहाँ वीरगन्ज महानगरपालिकासँग सम्बन्धित काम र वीरगन्जका विभिन्न धार्मिकस्थलको अवलोकन गरेको जानकारी पाएका छौँ”, उनले भने ।

 

Related posts

वीरगन्जमा पानीकाे चरम संकट: मेयर सिंह आफैं ट्यांकर लिएर बस्तीमा

MadhesKhabar

अजय द्विवेदी भन्छन् : उम्मेदवारी दिने नदिने बारे सरसल्लाह गरिरहेको छु

MadhesKhabar

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

MadhesKhabar

Leave a Comment