Madhes Khabar
स्थानिय

वीरगन्ज महानगरका नगर प्रहरीहरुलाई मनसुनजन्य विपदका बारेमा सशस्त्र प्रहरीले दियो तालिम

वीरगन्ज,४असारःवीरगन्ज महानगरपालिकामा कार्यरत नगर प्रहरीहरुलाई मनसुनजन्य विपदको पूर्व तयारीका बारेमा सशस्त्र प्रहरी बलले तीन दिने तालिम दिएको छ ।

वीरगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले महानगरमा कार्यररत ३० जना नगगर प्रहरीहरुलाई ’विपद् स्वयंसेवक परिचालन तालिम’ दिएको हो । गत मंगलबारदेखि महानगरपालिका कार्यालययकै सभाहलमा सुरु भई बिहीबार सकिएको तीन दिने तालिममा नगर प्रहरीहरुलाई सशस्त्र प्रहरी बलका दक्ष प्रशिक्षकहरुले बाढी, पहिरो लगायतका मनसुनजन्य विपदका बेला उद्धारमा खटिदाँ विपद् व्यवस्थापन, प्राथमिक उपचार, खोजी तथा उद्धार कार्यका विभिन्न सीपहरू बारेमा प्रशिक्षण दिएका थिए ।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहराको प्रमुख आतिथ्यतामा आयोजित तालिमममा पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीकोपनि विशेष उपस्थिती रहेको थियो ।

Related posts

ठोरी गाउँपालिकाका भूमिहीन दलित र सुकुम्बासीलाइ दिने जग्गाको नापजाँच सुरु

MadhesKhabar

वीरगन्जको विकासका लागि वीरगन्जवासीको सहयोग र साथ आवश्यक छ – मेयर सिंह

MadhesKhabar

वीरगन्जको सिद्धार्थ बैंकमा भीषण आगलागी, निभाउने प्रयास जारी

MadhesKhabar

Leave a Comment