Madhes Khabar
स्थानिय

वीरगन्जको विकासका लागि वीरगन्जवासीको सहयोग र साथ आवश्यक छ – मेयर सिंह

मधेसखबर
वीरगन्ज,११साउन : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जको विकासका लागि वीरगन्जवासीको सहयोग र साथ आवश्यक भएको बताएका छन् ।

उनले भोट दिएर जिताइसकेपछि काम सकियो भनेर नठान्न नगरवासीसँग आग्रह पनि गरेका छन् । नेपाल भारत सोसियो इकोनोमिक फोरमले आयोजना गरेको ‘वीरगन्जको विकास सम्भावना र सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर सिंहले भने ,‘ निम्तो दिएपछि मात्रै महानगरपालिकामा आउने होइन , समय मिल्दा जति खेर पनि आएर वीरगन्जको विकासका लागि सल्लाह दिन सबै क्षेत्रका अगुवाहरुसँग मेरो अनुरोध पनि छ ।

 

महानगरमा चुनौती धेरै भए पनि त्यसलाइ स्वीकार गरेरै आफु मेयर बनेको बताउँदै उनले बताए । यसपटक वर्षा अगावै २० प्रतिशत मात्रै नाला सफा गर्न भ्याएको बताउँदै उनले आगामी वर्षदेखि वीरगन्जमा बर्र्षाको पानी जम्न नदिने गरी नालाको सफाइ गर्ने प्रतिबद्धता पनि जनाए ।

 

वीरगन्ज र आसपासका क्षेत्रका उद्योगहरुले स्थानीय युवालाई रोजगारी दिनुपर्ने बताउँदै उनले हड्ताल नगर्ने ग्यारेन्टी आफूले लिने बताए ।

कार्यक्रममा सहभागीहरुले वीरगन्जको विकासले गति लिन नसक्नुका कारणको खोजी गरी समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।सरोकारवालाले वीरगन्ज पुरानो सहर भए पनि देशका अन्य सहरभन्दा विकासमा पछाडि पर्नु दुःखद भएको बताएका थिए ।

 

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष अशोक टेमानी, उद्योग वाणिज्य महासंघ मधेश प्रदेश अध्यक्ष गणेश लाठ, वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडिया, लायन्स क्लब इन्टरनेसनलका पूर्वअध्यक्ष सञ्जय खेतान, ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक इन्दुशेखर मिश्र, अधिवक्ता पन्नालाल गुप्ता, वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, नेपाली युवा उद्यमी मञ्च वीरगन्जका पूर्वअध्यक्ष अनुप अग्रवाले महानगरपालिकालाई सुझाव दिएका थिए ।साभार :अनलाइनखबर

Related posts

पर्सा ३ का मतदातालाई बाड्न एमाले नेताको घरमा राखिएका चापाकल बरामद

MadhesKhabar

वीरगन्जमा दिउँसै महिलामाथि गाेली प्रहार, गाेली हान्ने शर्मा पेस्ताेलसहित पक्राउ

MadhesKhabar

वीरगन्ज महानगरपालिकामा दैनिक ज्यालादारीमा काम गरेका कर्मचारीहरुको जागीर गयो

MadhesKhabar

Leave a Comment