Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा ३ का मतदातालाई बाड्न एमाले नेताको घरमा राखिएका चापाकल बरामद

मधेसखबर
वीरगन्ज, २१ कार्तिक : पर्साको विन्दवासीनी गाँउपालिकामा मतदातालाई प्रभावित पार्ने नियतले बाड्नका लागि नेकपा एमालेका नेताको घरमा राखिएको चापाकल र पाइप सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने विन्दवासीनी गाँउपालिका वडा नम्बर ४ अमरपट्टी स्थित एमाले नेता धिरज चौरसियाको घरमा भण्डारण गरि राखिएका १६ थान चापाकल सेट, १६ थान जिआइ पाइप र २ हजार फिट प्लाष्टिक पाइप सोमबार प्रहरीले नियन्त्रणमा लिएर जफत गरेको हो । चौरसिया , गत स्थानीय तहको निर्वाचनमा वडा नम्बर ४ मा एमालेबाट वडा अध्यक्षका प्रत्याशी थिए ।

अमरपट्टी स्थित धिरज चौरसियाको घरमा स्थानीय मखलाल भन्ने दिपक चौरसीयाले गाँउमा बाडन भनि ल्याएर राखेको अवस्थामा चापाकल र पाइपहरु बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताए ।

अमरपट्टी स्थित सशस्त्र प्रहरी बेस क्याम्पबाट सशस्त्र प्रहरी नायब निरिक्षक सुरेश न्यौपानेको नेतृत्वमा प्रहरी चौकी अमरपट्टीबाट समेत खटिएको टोलीले धिरज चौरसियाको घरबाट ती सामानहरु बरामद गरेको हो । बरामद गरिएका ती सामानहरु प्रहरी चौकी अमरपट्टीमा राखिएको र यस बारेमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक गिरीले जानकारी दिए ।

 

काँग्रेसका स्थानीय नेता कार्यकर्ताले भने एमालेबाट निर्वाचित गाँउपालिका उपाध्यक्ष ज्योति चौरसियाले सोमबार गाँउपालिका कार्यालयको स्टोरबाट ती सामानहरु बुझेर मतदातालाई प्रभावित पार्नका लागि एमाले नेता धिरजको घरमा लागेर राखेको बताएका छन् ।

तर गाँउपालिका उपाध्यक्ष चौरसियाले यस बारे आफुलाई केहि थाहा नै नभएको बताइन् । उनले आफुले गाँउपालिकाको कार्यालयबाट कुनै पनि चापाकल वा पाइप बुझेर नलगेको बताइन् ।

पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधीसभा सदस्यमा जसपा–एमाले गठबन्धनबाट एमालेका राज कुमार गुप्ता र पाँच दलीय गठबन्धनबाट काँग्रेसका सुरेन्द्र प्रसाद चौधरी उम्मेदवार छन् ।

Related posts

पर्सामा बाघको आक्रमणबाट एक जना गम्भिर घाइते

MadhesKhabar

वीरगन्जको घडिअर्वामा आगलागीबाट एक घर जलेर नष्ट

MadhesKhabar

घडिअर्वा छठघाटको सुरक्षामा कुनैपनि त्रुटी हुन नदिने सुरक्षा निकायका प्रमुखहरुको प्रतिबद्धता

MadhesKhabar

Leave a Comment