Madhes Khabar
स्थानिय हेडलाइन

हैजा नियन्त्रण हुदैं गर्दा थपियाे तोडफोड–आगजनीको घाउ, तर सफा -स्वच्छ वीरगन्ज बनाउने महानगरकाे अभियान निरन्तर

वीरगन्ज,२६भदाैं: खानेपानीको संकट चलेकै बेला फैलिएको हैजाको महामारीलाई वीरगन्ज महानगरपालिकाले सम्पूर्ण संयन्त्र परिचालन गरी नियन्त्रण गर्न सफल भइरहेकाे थियाे।स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, स्वयंसेवक र सुरक्षाकर्मीहरूको निरन्तर प्रयासका कारण हैजा छोटो समयमै नियन्त्रणमा आँउदै थियाे। तर खानेपानी संकट र हैजा महामारीसंगै वीरगन्जले अर्को ठूलो चुनौतीको सामना गर्नुपर्‍यो—लुटपाट, चोरी, तोडफोड र आगजनीबाट भएको अपुरणीय क्षति।

 

सुशासनलाई मुख्य मुद्दा बनाएर सुरु भएको जेनजी पुस्ताको आन्दोलनमा केही अराजक र आपराधिक समूहले घुसपैठ गर्दै सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गरे।नगरवासीको साझा सम्पत्तिहरू महानगरपालिका कार्यालय,नेपाल टेलिकम,आन्तरिक राजस्व कार्यालय,वडा समितिका कार्यालयहरु तोडफोड गरेर जलाइयाे ।सडकमा रहेका संरचनाहरूमा पनि आगाे लगाएर खरानी बनाइयाे। यस क्रममा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहको निजी घरसंगै यहाँ रहेकामन्त्रीहरु,पूर्वमन्त्री,पूर्वमुख्यमन्त्री,कांग्रेस नेताका घर, दलका पार्टी कार्यालयहरु समेत जलाएर पूर्णरूपमा ध्वस्त बनाइयाे।

तर, यस्तो कठोर र व्यक्तिगत पीडाको अवस्थामा पनि मेयर सिंहले आफ्नो घर पुनर्निर्माणभन्दा बढी नगरलाई प्राथमिकता दिएका छन् । उनले भनेका छन्,`मेरो घर त फेरि बनाउन सकिन्छ, तर पुरै नगर नै ध्वस्त भएको अवस्थामा त्यो पुनर्निर्माण गर्नु हाम्रो पहिलो कर्तव्य हो ।´मेयर सिंहले सम्पूर्ण संयन्त्रलाई सफाइ र व्यवस्थापनमा निरन्तर लागिरहन महानगरका कर्मचारीलाई निर्देशन दिएका छन् ।

महानगरका अनुसार हैजा नियन्त्रण भइसके पनि रोग पुनः फैलन सक्ने जोखिम अझै विद्यमान छ।लामखुट्टे–जन्य रोग रोकथामका लागि धुवाँ गर्ने, नालाको सरसफाइ गर्ने, दूषित खानेपानीको स्रोत बन्द गर्ने तथा संक्रमित क्षेत्र वरपर थप सतर्कता अपनाउने काम निरन्तर भइरहेको छ।

यससँगै, आन्दोलनको क्रममा जलेर खरानी बनेका संरचनाको अवशेष हटाउने, तोडफोड भएका सार्वजनिक स्थललाई पुनः व्यवस्थित गर्ने, असरल्ल अवस्थामा रहेका सडक–गल्लीलाई स्वच्छ राख्ने अभियानलाई महानगरले द्रुत गतिमा अघि बढाएको छ। कर्फ्यु जारी रहेकै अवस्थामा पनि सरसफाइ कर्मचारीहरूलाई ड्युटीमा खटाइएको छ।

मेयर सिंहले आफ्नो निजी घर जलेर खरानी भएर घरबार वेगर भएपनि शहरको संरचना र सुन्दरतालाई पुनर्जीवित गर्ने संकल्प लिएको भन्दै कर्मचारीहरूलाई प्रेरित गरिरहेका छन्। उनले भनेका छन्,`मेरो घर भन्दा ठूलो घर भनेको यो नगर हो, यो नगरलाई निर्माण गर्नु नै हाम्रो साझा जिम्मेवारी हो´।

यस्तो प्रतिकूल परिस्थिति, साधन–स्रोतको अभाव र व्यक्तिगत क्षतिको पीडा हुँदाहुँदै पनि वीरगन्ज महानगरपालिका अहिले पुनर्निर्माण र सरसफाइ अभियानमा दृढतापूर्वक अघि बढिरहेको मेयर सिंहले बताएका छन्।

Related posts

चुनावलाई लक्षित गर्दै नेपाल भारत सिमा नाका पुर्ण रुपमा बन्द

MadhesKhabar

काठमाडौंमा ‘धोती दिवस’ मनाउदा पक्राउ परेका सिके राउतसहितका सबै ५१ जना रिहा

MadhesKhabar

मधेसमा बैशाख २० गतेसम्म तातो हावा चल्ने,सतर्कता अपनाउन आग्रह

MadhesKhabar

Leave a Comment