Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

धार्मिक सम्पदा जोगाउदै वीरगन्ज महानगर : पिपराको पशुपतिनाथ मन्दिरमा महाआरती

मधेसखबर
वीरगन्ज ,२ फागुनः वीरगन्ज महानगरपालिका वडा नम्वर १४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न स्थानीयको सहयोगमा वीरगन्ज महानगरपालिकाले अग्रसरता लिएको छ ।

काठमाण्डौको पशुपतिनाथ मन्दिरमा रहेको शीवलिङ्ग जस्तै पन्चमुखी शीवलिङ्ग रहेको काठमाण्डौ बाहेक देशभरमै एक मात्र रहेको पिपराको पशुपतिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनका लागि वीरगन्ज महानगरपालिकाले अग्रसरता लिएको हो ।

त्यसका लागि महानगरले पशुपतिनाथ मन्दिर र मन्दिर परिसरको सौन्दर्यकरणको काम थालिसकेको छ । यसका साथै मन्दिर परिसरमा सोमबार बेलुकी महाआरती पनि सम्पन्न भएको छ ।

सोमबार बेलुकी आयोजित महाआरतीमा काशी विश्वनाथका मुख्य पूजारी पण्डित डा. श्रीकान्त मिश्र र जनकपुरधामको जानकी मन्दिरका महन्थ रोशन दास पनि सहभागी थिए । महाआरतीमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह , उपमेयर इम्तियाज आलम,हिन्दुवादी अगुवा , समाजसेवी ,उद्योगी व्यवसायीका साथै स्थानीय पनि उल्लेख्य संख्यामा सहभागि भएका थिए । महाआरति अघि मन्दिर परिसरमै भव्य प्रवचन समारोहको पनि आयोजना गरिएको थियो ।पशुपतिनाथ मन्दिरमा अब हरेक सोमबार साँझ आरती समारोह विश्व हिन्दु परिषदका अगुवा रन्जित सर्राफले बताए ।

वीरगन्जलाई धार्मीक पर्यटकीय गन्तव्यको केन्द्र बनाउने गरी वीरगन्ज महानगरपालिकाले अभियान नै सन्चालन गरिरहेको छ । त्यहि अभियान अन्तर्गत नै पिपराको पशुपतिनाथ मन्दिर सौन्दर्यकरण गर्न थालिएको वीरगन्जका मेयर राजेशमान सिंहले बताए ।

तराई मधेसमै एक मात्र रहेको पशुपतिनाथ मन्दिर सौन्दर्यकरण गरेर यसको पहिचान स्थापित गर्न पनि नेपाल भारत दुबै देशका प्रख्यात धामका मुख्य पुजारी बोलाएर सोमबार बेलुकी महाआरती गरिएको उनले बताए ।
उनले भने ,‘ अहिले तत्कालै हामीले मन्दिर परिसरको सरसफाइ गरेर मन्दिरलाई सिंगारेका छौ , बत्तीहरु जडान गरेका छौ , नियमित पूजापाठका लागि पूजारीको व्यवस्था पनि गरिसकेका छौ , अब थप बजेट व्यवस्थापन गरेर मन्दिर परिसरलाई पार्कका रुपमा निर्माण पनि गर्छौ ।

काठमाण्डौ स्थित पशुपतिनाथ मन्दिर सम्म जान नसक्ने भक्तजनहरुले यहि मन्दिरमा पुगेर पूजाअर्चना र दर्शन गर्न सक्ने गरि यसलाई मधेस प्रदेशकै प्रमुख धार्मिक स्थलका रुपमा स्थापित गर्ने योजनाका साथ महानगरले काम अगाडि बढाइसकेको मेयर सिंहले बताए ।

पिपराका स्थानीयवासी समेत रहेका वरिष्ठ पत्रकार चन्द्रकिशोरले झण्डै चार दशक भन्दा पुरानो पिपराको पशुपतिनाथ मन्दिर , काठमाण्डौको पशुपतिनाथ मन्दिरकै स्वरुप र प्रकृतिमा रहेको बताए ।
उनले भने ,‘ काठमाण्डौको पशुपतिनाथ मन्दिरमा जुन स्वरुपको पन्चमुखी शीवलिङग् छ , त्यहि स्वरुपको पन्चमुखी शीवलिङ्ग यो पिपराको पशुपतिनाथ मन्दिरमा पनि छ , यस्तै काठमाण्डौको जस्तै मन्दिरको ठिक सामुन्ने विशाल नन्दीको शालिक यहाँ पनि छ ।

नेपालमा काठमाण्डौ बाहेक पशुपतिनाथको मन्दिर पिपरामा मात्रै रहेको पनि उनले बताए । मुलुकको प्रमुख प्रवेशद्वार वीरगन्जको पिपरामा अवस्थित पशुपतिनाथ मन्दिर र यसको पौराणिक महत्व बारे व्यापक प्रचार प्रसार गर्न सकिए यो मन्दिर वीरगन्जको मात्र नभइ मधेस प्रदेशकै प्रमुख धार्मिक गन्तव्य स्थल बन्ने सक्ने चन्द्रकिशोरले बताए ।

काठमाण्डौको पशुपतिनाथ मन्दिरसंग पिपराको पशुपतिनाथ मन्दर बिच पौराणिक सम्बन्ध पनि रहेको उनले बताए । उनले भने ,‘ शीवरात्रीमा भारतबाट आउने भारतीय भक्तजनहरु पहिले सडक र यातायातको सहज सुविधा नहुदा काठमाण्डौसंग पुग्न सक्दैनथे , त्यो बेला उनिहरु यहि पिपराको पशुपतिनाथ मन्दिरमा आएर पुजापाठ र दर्शन गरेर फर्किन्थे ।

पिपराको पशुपतिनाथ मन्दिरको संरक्षण र सौन्दर्यकरण गर्दै धार्मिक गन्तव्यस्थल बनाउन महानगरले अभियान थालेको भएपनि मन्दिर भएको जग्गा नेपाल सरकारको स्वामित्वमा भएका कारणले महानगर सामु केहि चुनौती छख । त्यस कारण मन्दिर भएको जग्गाको स्वामित्व नेपाल सरकारले महानगरलाई हस्तान्तरण गर्नु पर्ने वरिष्ठ पत्रकार चन्द्रकिशोर बताउछन् ।

उनले भने ,‘ पिपराको पशुपतिनाथ मन्दिर , वीरगन्ज शहरको धार्मिक सम्पदा पनि हो ,र महानगरले यसको संरक्षण र सम्बद्र्धनका लागि अग्रसरता लिइसकेको अवस्थामा यो जग्गाको स्वामित्व सरकारले महानगरलार्य दियो भने यो पुनित कार्यमा महानगरलाई अझ धेरै सजह हुनेछ ।

किनकि वीरगन्ज महानगरमा रहेका थुप्रै सार्वजिन जग्गा र धार्मिक सम्पदाहरु अतिक्रमणमा परिसकेको अवस्था रहेकाले त्यसलाई जोगाउनका लागि पनि सरकारले ती सार्वजनिक सम्पदाको स्वामित्व महानगरपालिकालाई दिनु पर्ने उनि बताउछन् ।

 

Related posts

बाैधीमाई मेला तथा कुस्ती दंगलकाे कांग्रेस केन्द्रीय सदस्य रुंगटाले गरे उद्घाटन

MadhesKhabar

१० महिनामा वीरगन्ज महानगरले उठायो ३६ करोड ६१ लाख राजश्व

MadhesKhabar

सबैभन्दा धेरै बेरुजु मधेस प्रदेशमा

MadhesKhabar

Leave a Comment