Madhes Khabar
खेलकुद हेडलाइन

वीरगन्जमा आयोजित सोनार प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी केएस सुपर किंग्सलाई

मधेसखबर
वीरगन्ज,६ फागुन : वीरगन्जमा आयोजित जारी सोनार प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताको उपाधी केएस सुपर किंग्सले जितेको छ ।आदर्शनगर रंगशालामा शनिबार भएको फाइनल खेलमा ओम वारियर्सलाई ३ विकेटले पराजित गर्दै केएस सुपर किंग्सले उपाधी जितेको हो ।

ओम वारियर्सले दिएको १३३ रनको लक्ष्य केएस सुपर किंग्सले १८.१ ओभरमा ७ विकेट गुमाउदैं पुरा गरेको हो ।
त्यसअघि टस जितेर पहिले व्याटिंग गरेको ओम वारियर्सले पुरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १३२ रन बनाएको थियो ।

प्रतियोगितको सर्वोत्कृट ब्याट्सम्यान ओम वारियर्सका व्याट्सम्यान रोहन सर्राफलाई चाँदीको ब्याट्स प्रदान गरिएको थियो ।उपाधी विजेता केएस सुपर किंग्सले ट्रफी सहित नगद ६० हजार रुपैया पाएको छ भने उपविजेता ओम वारियर्सले फस्ट रनरअप ट्रफीसंगै नगद ३० हजार रुपैया पाएको छ ।

प्रतियोगिताको समापन समारोहमा नेपाल सुन चाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य निरज सर्राफ, नेपाल सुन चाँदी व्यवसायी महासंघका मधेस प्रदेश महासचिव प्रवेश सर्राफ ,पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन सर्राफ र पर्सा सुनचाँदी कालीगढ संघका अध्यक्ष राजु सर्राफले विजेता र उपविजेता टिमलाई ट्रफी र मेल प्रदान गरे ।

पर्सा सुनचाँदी कालीगढ संघले माघ २१ गते देखि आयोजना गरेको प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए ।

 

Related posts

मैत्रीपूर्ण फुटबल खेलमा चिनियाँ टाेलीमाथि नेपालकाे फराकिलाे जीत

MadhesKhabar

मधेस र देशभर अहिले पाँच दलीय गठबन्धनकै लहर छ : अजय चौरसिया

MadhesKhabar

पर्साको मुड्लीका विद्यार्थीहरु आन्दोलित, विद्यालयमा तालाबन्दी

MadhesKhabar

Leave a Comment