Madhes Khabar
साहित्य

नेपालकै पहिलो बज्जिका उपन्यासकार विजय यादवलाई ‘अन्तर्राष्ट्रिय बज्जिकासेवी’ सम्मान

सर्लाही,७मंसिरःबज्जिका भाषाका प्रखर साहित्यकार विजय यादव ‘निर्विज’लाई कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेबी सम्मान–२०८२बाट सम्मानित गरिएको छ। सर्लाहीको मलंगवामा बज्जिका साहित्य समाज सर्लाहीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका सभापती कौशल किशोर सिंह र बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहाले यादवलाई सम्मानित गरेका हुन् ।

नेपालमै पहिलो बज्जिका उपन्यास प्रतिमाका लेखक ‘निर्विज’ ले अभिनयमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका छन्। २०७९ सालको मधानी महोत्सवमा पुर्व उपराष्ट्रपति नन्द बहादुर पुनले उक्त उपन्यासको विमोचन गरेको थिए ।

कार्यक्रममा नेपाल–भारतका साहित्यकार तथा संगीतकर्मीहरूलाई पनि सम्मानित गरिएको थियो। रौतहटका साहित्यकार संजय साह मित्रलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको सचिव मुकेश मिश्रले जानकारी दिए। समारोहमा साहित्यकार, पत्रकार र समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

 

 

Related posts

कानु समाज पर्साको जिल्ला अधिवेशन जेठ १५ गते पोखरियामा

MadhesKhabar

वीरगन्जमा मधेस प्रदेश स्तरीय प्रज्ञा–नारी काव्य सङ्गोष्ठी सम्पन्न

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

Leave a Comment