Madhes Khabar
Uncategorized अन्तरवार्ता अन्तर्राष्ट्रिय अर्थतन्‍त्र कर्णाली प्रदेश कर्पोरेट काेशी प्रदेश कृषि खेलकुद गण्डकी प्रदेश धर्म/संस्कृति पर्यटन प्रदेश प्रवास प्रविधि मधेस प्रदेश मनोरञ्जन राजनीति राशीफल रोचक दुनियाँ लुम्बिनी प्रदेश वाग्मती प्रदेश विचार शिक्षा समाचार समाज सम्पादकीय साहित्य सुदूरपश्चिम प्रदेश स्वास्थ्य हेडलाइन

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

श्याम सर्राफ

पर्सा, २० जेठ
पर्सा प्रहरीले अवैध रूपमा भारततर्फ लगिरहेको ३०० कार्टुन कस्तुरी रक्सी सहित ट्याक्टर नियन्त्रणमा लिएको छ।

प्रहरीले सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा आज विहान ०१:०० बजेको समयमा जिल्ला पर्सा छिपहरमाई गा.पा.वडा नं.२ भिष्वा बञ्जारीबाट पक्राउ गरेको छ ।

अवैधरूपमा कस्तुरी रक्सी भारततर्फ लगिरहेको सूचना पाएपछी ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको टोलीले प्रदेश २-०३-००१ थ ०००१ नम्बरको ट्याक्टर दशगजा क्षेत्रमा रोक्ने क्रममा चालक फरार भएको प्रहरीले जनाएको छ।

उक्त ट्याक्टरको तलासी लिंदा ट्याक्टरमा कस्तुरी मदिरा ३०० कार्टुन फेला परेको हुँदा सो ट्याक्टरलाई मदिरा सहित नियन्त्रणमा लिई रु.१०,६०,०००।– ( दश लाख साठ्ठी हजार ) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

साथै उल्लेखित ट्याक्टर धनी तथा चालकको तदारूकताका साथ खोजतलास भइरहेको व्यहोरा समेत जनाएको छ।

Related posts

दुर्घटनामा परेको विमानमा सवार कोही पनि जीवित रहेको देखिएन :अहमदाबाद प्रहरी

MadhesKhabar

महिलालाइ यौन दुर्व्यवहार गरेको आरोपमा रेडक्रसकर्मी पक्राउ

MadhesKhabar

मधेस: जनमतले सहमति अनुसार मन्त्रालय नदिए कांग्रेसको नेतृत्वमा सरकार बनाउने ३ दलको तयारी

MadhesKhabar

Leave a Comment