Madhes Khabar
स्थानिय

बहुदरमाईका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मुस्तुफासहित ३ जनाले पाए सफाई

वीरगन्ज, १जेठः पर्साको बहुदरमाई नगरपालिकाको सडक मर्मत तथा कालोपत्रे ठेक्का प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तुफासहित तीन जनाले विशेष अदालतबाट सफाई पाएका छन् ।

विशेष अदालतका इजलास नम्बर १ का अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र सदस्य न्यायाधीश विदुर कोइरालाको संयुक्त इजलासले उपसचिव महमद शेरे मुस्तुफासहित बहुदरमाई नगरपालिकाका तत्कालीन सहलेखापाल उपेन्द्र कुमार साह र जनप्रतिबिम्ब दैनिकका प्रकाशक सन्जय कुमार साहलाई सफाई दिएको हो ।

बहुदरमाई नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अन्तर्गत बैरियाको प्रवेशद्वारदेखि नगरदाहाँसम्म सडक मर्मत तथा कालोपत्रे गर्ने ठेक्का प्रक्रियामा अनियमितता गरिएको आरोप लागेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका व्यक्तिहरूले मिलेमतोमा कमिशनको आधारमा ठेक्का प्रक्रिया प्रभावित पार्दै आफू निकट व्यक्तिलाई बोलपत्रमार्फत ठेक्का दिएको तथा बजेट दुरुपयोग हुने गरी योजना सञ्चालन गरेको दाबी गर्दै २०८२ पुस ९ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

तर, आरोपपत्र दायर भएको करिब पाँच महिनापछि विशेष अदालतले आरोपअनुसारको कसुर प्रमाणित हुन नसकेको ठहर गर्दै तीनै जनालाई सफाई दिएको हो ।साभारःकालिकाटाइम्स

Related posts

वीरगन्जमा चार महिनामा १ हजार ४ सय घरमा खानेपानी संस्थानको धारा जडान

MadhesKhabar

प्रभु बैंकको प्रदेश प्रमुखमाथि छानबिन गर्न वीरगन्जका जेनजी युवाहरुको माग

MadhesKhabar

घुस लिने बारा मालपोत कार्यालयका कर्मचारी र बिचौलिया अख्तियारको फन्दामा

MadhesKhabar

Leave a Comment