Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा चार महिनामा १ हजार ४ सय घरमा खानेपानी संस्थानको धारा जडान

वीरगन्ज, २५ साउन : वीरगन्जमा पछिल्लो चार महिनामा १ हजार ४ सय घरमा नेपाल खानेपानी संस्थानको धारा जडान गरिएको छ ।

गत बैशाख यता वीरगन्ज महानगर क्षेत्रमा चापाकलहरु सुकेर खानेपानीको समस्या भएपछि संस्थानको धारा जडान गर्ने सेवाग्राहीको संख्या बढ्दै गएको छ । पछिल्लो चार महिना यता विभिन्न वडामा गरि १ हजार ४ सय घरधुरीले खानेपानी संस्थानको धारा जडान गराएको वीरगन्जस्थित खानेपानी संस्थान कार्यालयले जनाएको छ ।

वीरगन्ज महानगरमा गत वैशाखमा ४१, जेष्ठमा १ सय ५७, असारमा २ सय २ र साउन २४ गतेसम्म १ हजार ग्राहकको घरमा धारा जडान गरिएको खानेपानी संस्थान वीरगन्जका प्रमुख इन्जिनियर निरण महर्जनले जानकारी दिए । यस्तै महानगरपालिकाको कार्यालयले खानेपानीको महसुल तिर्ने गरी विभिन्न वडामा १ सय ५० स्थाानमा सामुदायिक धारा जडान गरिएकोपनि उनले बताए ।

लामो समयदेखि वर्षा नहुँदा वीरगञ्जका विभिन्न स्थानमा गत वैशाखदेखि खानेपानीको समस्या क्रमशः बढ्दै गएपछि धारा जडान गराउनेको सङ्ख्या पनि बढ्दै गएको प्रमुख महर्जनले बताए । उनका अनुसार अहिले दैनिक ५०÷६० जना धारा जडानका लागि निवेदन लिएर कार्यालय आउने गरेका छन् । चापाकल, कुवालगायतका खानेपानीका मुहान सक्न थालेपछि धारा जडान गराउने क्रम बढेको उनको भनाइ थियो ।

“पहिला चापाकलबाट पानी आउँथ्यो, त्यतिबेला खानेपानी संस्थानको धारा जडानका लागि लिन स्थानीयले खासै रुचि देखाउदैनथे , उनले भने, “ तर अहिले चापाकल, कुवालगायतका खानेपानीका स्रोत सुक्न थालेपछि संस्थानको धारा जडानका लागि आउने ग्राहकको संख्या ह्वात्तै बढेको छ ।”

संस्थानले दैनिक ६०देखि ६५ लाख लिटरसम्म खानेपानी उत्पादन गरी महानगरभित्र वितरण गर्दै आइएको बताउँदै महर्जनले संस्थानसँग १० हजार घरधुरीलाई खानेपानी वितरण गर्ने क्षमता रहेको जानकारीपनि दिए ।

 

Related posts

मधेसकाे मुख्यमन्त्रीमा एमालेका यादव नियुक्त

MadhesKhabar

वीरगन्जमा विद्यार्थी संगठनले निकालेको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गर्दा विद्यार्थी नेताहरु घाइते

MadhesKhabar

कलैयामा बारा जिल्ला अदालत बार एशोसिएसनको भवनको पूर्वमन्त्री सोनलले गरे शिलान्यास

MadhesKhabar

Leave a Comment