Madhes Khabar
राजनीति हेडलाइन

मधेसकाे मुख्यमन्त्रीमा एमालेका यादव नियुक्त

जनकपुरधाम,२४कात्तिक : मधेसको मुख्यमन्त्रीमा नेकपा एमालेका सरोज कुमार यादव नियुक्त भएका छन्। संविधानको धारा १६८(३) बमोजिम संसद्‍को ठूलो दलको हैसियतले नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

 

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस कटेज होटेलमा मुख्यमन्त्री सरोज यादवलाई सपथ ग्रहण गराएकी हुन्।

मुख्यमन्त्री यादवको सिफारिसमा मन्त्री परिषद् समेत विस्तार गरिएकाे छ। मन्त्रीहरूमा एमालेका लखनलाल दास तत्मा, राप्रपाका कन्चन बिच्छा र संघीय समाजवादी पार्टी नेपालकी विमला अन्सारीलाई मन्त्री पदमा सपथ लिएकी हुन्। उनीहरुहरु बिना विभागीय मन्त्री बनेका हुन्।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

वीरगन्जका आसिफ अनेरास्ववियुको केन्द्रिय सदस्यमा निर्वाचित

MadhesKhabar

पूर्व प्रहरी निरीक्षक कुशवाहा जसपामा प्रवेश

MadhesKhabar

वीरगन्ज जसपाको क्षेत्रीय सम्पर्क कार्यालय स्थापना, वनमन्त्री यादवद्वारा उद्घाटन

MadhesKhabar

Leave a Comment