
प्रमाेद यादव
पर्सा,२२पुष:चिसाे बढ्दै गएपछि पर्साकाे बहुदरमाई नगरपालिकाका विद्यालयहरु साेमबारदेखि चार दिनका लागि बन्द गरिएको छ।
तराई-मधेसमा केहि दिनयता चिसाे बढ्दै गएका कारण जनजिवन प्रभावित भएकाे छ।हुस्सु लाग्नुका साथै घामपनि लाग्न छाडेपछि चिसाे बढेकाे र यसले विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या भएकाले त्यसैलाई मध्यनजर गरी बहुदरमाई नगरपालिकाले चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेकाे हाे।

नगरपालिकाका मेयर सिंगासन सा तेलीले आइतबार जारी गरेकाे सार्वजनिक सुचनामा बढ्दाे जाडाेका कारण बालबालिकाकाे स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भएकाले साेमबारदेखि पुष २६ गते बिहिबारसम्मका लागि पालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय नगरपालिकाले गरेकाे उल्लेख छ।
माैसम अनुकुल भए शुक्रबारदेखि पठनपाठन नियमित सञ्चालन आउने मेयर साहले बताएका छन्।

