Madhes Khabar
शिक्षा हेडलाइन

चिसाे बढेपछि बहुदरमाई नगरपालिकाका विद्यालयहरु चार दिनका लागि बन्द

फाइल तस्बिर ।

प्रमाेद यादव

पर्सा,२२पुष:चिसाे बढ्दै गएपछि पर्साकाे बहुदरमाई नगरपालिकाका विद्यालयहरु साेमबारदेखि चार दिनका लागि बन्द गरिएको छ।
तराई-मधेसमा केहि दिनयता चिसाे बढ्दै गएका कारण जनजिवन प्रभावित भएकाे छ।हुस्सु लाग्नुका साथै घामपनि लाग्न छाडेपछि चिसाे बढेकाे र यसले विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या भएकाले त्यसैलाई मध्यनजर गरी बहुदरमाई नगरपालिकाले चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेकाे हाे।
नगरपालिकाका मेयर सिंगासन सा तेलीले आइतबार जारी गरेकाे सार्वजनिक सुचनामा बढ्दाे जाडाेका कारण बालबालिकाकाे स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भएकाले साेमबारदेखि पुष २६ गते बिहिबारसम्मका लागि पालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय नगरपालिकाले गरेकाे उल्लेख छ।
माैसम अनुकुल भए शुक्रबारदेखि पठनपाठन नियमित सञ्चालन आउने मेयर साहले बताएका छन्।

Related posts

वीरगन्ज झडप प्रकरण :पक्राउ परेकाहरुविरुद्ध ‘राज्यविरुद्धको कसुर’ र ‘आपराधिक उपद्रव’को मुद्दा दर्ता

MadhesKhabar

सिम्राैनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

पर्साका तेश्रोलिंगीहरुको दुखेसो : बाँच्नकै लागि कतिपयलाई यौनकर्मी बन्नुपर्ने बाध्यता छ

MadhesKhabar

Leave a Comment