वीरगन्ज,१८ चैतः वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा सहप्राध्यापक डाक्टर केशव कुमार यादव नियुक्त भएका छन् ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा त्रिवि कार्यकारी परिषदका अध्यक्ष प्राध्यापक डाक्टर दपिक अर्यालले बुधबार ठाकुरराम बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डा. यादवलाई नियुक्त गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम २०५० को परिच्छेद ५२ को नियम १८५ को उपनियम (२) बमोजिम त्रिवि कार्यकारी परिषदको चैत १७ गतेको बैठकको निर्णय अनुसार डा. यादवलाई चैत १८ गतेदेखि लागू हुने गरी ठाकुरराम बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त गरिएको उपकुलपति प्रा. डा. अर्यालले जनाएका छन् ।


