Madhes Khabar
राजनीति

ललिता निवास प्रकरणमा बाबुरामले सिआइबीलाई दिए बयान

फाइल फाेटाे

काठमाडौं ,४भदाैं: नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई ललिता निवास प्रकरणबारे बयान दिएका छन्।

उनले आफूलाई प्रकरणबारे थाहा भएको सत्यतथ्य सिआइबीका अधिकारीहरूलाई बताएको सेतोपाटी जानकारी दिए।

‘हो, मैले बयान दिएको हो। मैले जानेबुझेको र सत्यतथ्यको जानकारी दिएको छु,’ उनले भने,‘मैले यसअघि भन्दै आएका कुरा उहाँहरूलाई पनि भनेको हुँ।’

भट्टराईले त्यतिबेला आफूलाई थाहा भएको सबै विवरण सिआइबीका अधिकारीलाई जानकारी गराएको नेकपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए।

‘हिजो (आइतबार) साँझ ५ बजे भट्टराईले सिआइबीका अधिकारीलाई घरमा बोलाएर त्यतिबेला आफूलाई थाहा भएको विवरण बताउनुभएको छ,’ उनले भने।

ललिता निवासको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिका नाममा दर्ता गर्ने प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ।

उक्त प्रकरणमा सर्वोच्च अदालतले पिरामिडको माथिल्लो संरचनामा रहेकाहरूलाई पनि अनुसन्धानका दायरामा ल्याउन आदेश दिइसकेको छ।

तर, सिआइबीले पूर्वप्रधानमन्त्री भट्टराई र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि बयान लिएको थिएन।

गठबन्धनका नेताहरूले पूर्वप्रधानमन्त्रीलाई बोलाएर सिआइबीले बयान लिँदा गलत नजिर बस्ने तर्क गरेका थिए।साभार:सेताेपाटीबाट

Related posts

बजार छपकैयामा राप्रपा उम्मेदवार नरेश साहको चुनावी घरदैलो

MadhesKhabar

माओवादी केन्द्र छाडेका नेता शर्मा जसपामा प्रवेश

MadhesKhabar

उम्मेदवारी दिदै वनमन्त्री यादवले भने : पर्सा १ मा पुन जितेर नयाँ ईतिहास रच्छु

MadhesKhabar

Leave a Comment