Madhes Khabar
राजनीति

ललिता निवास प्रकरणमा बाबुरामले सिआइबीलाई दिए बयान

फाइल फाेटाे

काठमाडौं ,४भदाैं: नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई ललिता निवास प्रकरणबारे बयान दिएका छन्।

उनले आफूलाई प्रकरणबारे थाहा भएको सत्यतथ्य सिआइबीका अधिकारीहरूलाई बताएको सेतोपाटी जानकारी दिए।

‘हो, मैले बयान दिएको हो। मैले जानेबुझेको र सत्यतथ्यको जानकारी दिएको छु,’ उनले भने,‘मैले यसअघि भन्दै आएका कुरा उहाँहरूलाई पनि भनेको हुँ।’

भट्टराईले त्यतिबेला आफूलाई थाहा भएको सबै विवरण सिआइबीका अधिकारीलाई जानकारी गराएको नेकपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए।

‘हिजो (आइतबार) साँझ ५ बजे भट्टराईले सिआइबीका अधिकारीलाई घरमा बोलाएर त्यतिबेला आफूलाई थाहा भएको विवरण बताउनुभएको छ,’ उनले भने।

ललिता निवासको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिका नाममा दर्ता गर्ने प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ।

उक्त प्रकरणमा सर्वोच्च अदालतले पिरामिडको माथिल्लो संरचनामा रहेकाहरूलाई पनि अनुसन्धानका दायरामा ल्याउन आदेश दिइसकेको छ।

तर, सिआइबीले पूर्वप्रधानमन्त्री भट्टराई र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि बयान लिएको थिएन।

गठबन्धनका नेताहरूले पूर्वप्रधानमन्त्रीलाई बोलाएर सिआइबीले बयान लिँदा गलत नजिर बस्ने तर्क गरेका थिए।साभार:सेताेपाटीबाट

Related posts

जसपा नेपालका वीरगन्ज महानगर उपाध्यक्ष पटेल जसपामा प्रवेश

MadhesKhabar

पर्सावासीको शीर कहिल्यै पनि झुक्न दिएको छैन : प्रदीप यादव

MadhesKhabar

आगामी चुनावमा गठबन्धन बारे प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुर बिच छलफल

MadhesKhabar

Leave a Comment