Madhes Khabar
राजनीति

जसपा नेपालका वीरगन्ज महानगर उपाध्यक्ष पटेल जसपामा प्रवेश

वीरगन्ज,२२मंसिरःउपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका वीरगन्ज महानगर समितिका उपाध्यक्ष नवीन पटेलले पार्टी परित्याग गरेका छन् । जसपा नेपाल परित्याग गरेका पटेल अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

शनिबार वीरगन्जमा जसपाका उपमहासचिव तथा संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले नवप्रवेशी पटेललाई खादा ओढाएर पार्टीमा स्वागत गरे ।

त्यसअवसरमा पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी, जसपाका वीरगन्ज महानगर अध्यक्ष ईश्वरचन्द्र यादव लगायतकोपनि उपस्थिती रहेको थियो ।

 

Related posts

रास्वपाको समानुपातिक उम्मेदवारको बन्दसूचीमा पर्साबाट एक जनामात्रै

MadhesKhabar

पर्सा ४ मा काँग्रेसका रिजाल र चाैधरीलाई जिताउन विभिन्न समितिहरु गठन

MadhesKhabar

पर्सामा जय नेपाल फाउण्डेसनको कार्यसमिति विस्तार, जिल्ला संयोजकमा मनोहर साह

MadhesKhabar

Leave a Comment