Madhes Khabar
राजनीति

जसपा नेपालका वीरगन्ज महानगर उपाध्यक्ष पटेल जसपामा प्रवेश

वीरगन्ज,२२मंसिरःउपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका वीरगन्ज महानगर समितिका उपाध्यक्ष नवीन पटेलले पार्टी परित्याग गरेका छन् । जसपा नेपाल परित्याग गरेका पटेल अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

शनिबार वीरगन्जमा जसपाका उपमहासचिव तथा संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले नवप्रवेशी पटेललाई खादा ओढाएर पार्टीमा स्वागत गरे ।

त्यसअवसरमा पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी, जसपाका वीरगन्ज महानगर अध्यक्ष ईश्वरचन्द्र यादव लगायतकोपनि उपस्थिती रहेको थियो ।

 

Related posts

जेनजीसँग भएको १० बुँदे सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय

MadhesKhabar

पार्टी छोडेकाहरुलाई फर्केर आउन उपेन्द्र यादवको आग्रह

MadhesKhabar

जसपाकै नेताहरुले विद्रोहको धम्की दिएपछि अध्यक्ष उपेन्द्र यादव तनावमा

MadhesKhabar

Leave a Comment