Madhes Khabar
राजनीति हेडलाइन

जेनजी आन्दोलनमा लुटपाट र आगजनीमा संलग्नलाई पार्टीबाट निकाल्ने एमाले पर्साको निर्णय

वीरगन्ज,१मंसिरः नेकपा एमाले पर्साले जेनजी आन्दोलनका क्रममा वीरगन्जमा भएको तोडफोड, लुटपाट र आगजनीमा संल्गन पार्टीका नेताकार्यकर्तालाई पार्टीमा निष्काशन गर्ने भएको छ । सोमबार वीरगन्जमा बसेको नेकपा एमाले पर्सा जिल्ला कमिटीको पाचौं पुर्ण बैठकले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि विभिन्न माध्यमले राजिनामा दिएका र आगजनी र तोडफोडमा संग्लनहरुको सदस्यता खारेज गर्ने निर्णय गरेको एमाले जिल्ला सचिव महेश दासले जानकारी दिए ।

एमाले जिल्ला अध्यक्ष डा. विशम्भर कुमार शर्माको अध्यक्षतामा सम्पन्न बैठकले सुन्दर प्रसाद कुर्मीलाई प्रचार विभाग प्रमुखमा मनोनयनपनि गरेको दासले बताए ।यस्तै बैठकले मंसिर १३ गते महाधिवेशन प्रतिनिधि सर्वसम्मतिले चयन गर्ने र २७ गते काठमाडौंमा हुने महाधिवेशन उदघाटन समारोहमा जिल्लाबाट व्यापक जनसहभागिता गराउने निर्णयपनि गरेको छ

बैठकमा बोल्दै नेकपा एमालेका केन्द्रीय सचिव तथा पुर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आपसी द्वन्द्व हटाएर एकतावद्ध तरीकाले पार्टीका संगठनहरुले काम गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले पार्टी अध्यक्ष केपी ओलीले जबजको सफल कार्यान्वयन गरी देश र मधेस प्रदेशमा एमालेलाई पहिलो पार्टी बनाएको दाबीपनि गरे । आउदो निर्वाचनमा पनि नेकपा एमाले केपी ओलीकै नेतृत्वमा जाने दाबी गर्दै उनले राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरु ओलीलाई कमजोर बनाउन लागि रहेको तर अगामी महाधिवेशन पछि पनि ओलीकै नेतृत्व माजानुपर्ने बताए ।
बैठकमा केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, केन्द्रीय सल्लाहकार जालिम मियाँ, मुन्नी श्रीवास्तव, ठाकुर प्रसाद न्यौपाने, प्रदेश कमिटी सचिवालय सदस्य जय प्रकाश थारु, प्रदेश सभा सदस्य विणा शर्मा, पोखरीया नगरपालिकाका मेयर प्रधुम्न चौहान, सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव, छिपहरमाई गाँउपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

साढे १८ लाख खर्च गरेर घडीअर्वा छठघाटको सजावट

MadhesKhabar

नेपालले पहिलाे पटक जित्याे आइसीसीको उपाधि

MadhesKhabar

वीरगन्ज महानगरको लक्ष्य ‘जहाँ खाली, त्यहाँ हरियाली’

MadhesKhabar

Leave a Comment