Madhes Khabar
राजनीति

आगामी चुनावमा गठबन्धन बारे प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुर बिच छलफल

मधेसखबर
वीरगन्ज,२१जेठ : प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर बीच भेटवार्ता भएको छ ।
शनिवार दिउँसो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सकिएलगत्तै लोसपा अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । दुई नेता बीच संघ र प्रदेशको आउँदो चुनावमा कसरी जाने भन्नेबारेमा छलफल केन्द्रित भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । झाले प्रधानमन्त्री देउवाले पार्टी अध्यक्ष ठाकुरलाई बैठकका लागि बोलाएको र बैठकमा आउँदो संघ र प्रदेशको चुनावमा हुने गठबन्धन बारे छलफल केन्द्रित भएको बताए ।
यसैबीच लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आइतवार पनि बिहान ११ बजे पनि बोलाइएको छ ।काठमाण्डौको बिजुली बजारमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पालिका चुनावको समीक्षा गरी आउँदो संघ र प्रदेशको चुनावको आन्तरिक तयारीको बारेमा विस्तृत छलफल हुने केन्द्रीय कार्यकारिणी सदस्य झाले जानकारी दिए ।

Related posts

एसिड आक्रमणमा परेकी वीरगन्जकी चेली मुस्कान खातुन प्रचण्डको पार्टीमा प्रवेश

MadhesKhabar

सरकारको जाँचबुझ आयोगले गुण्डु पुगेर एमाले अध्यक्ष केपी ओलीसंग लियो ‘बयान’

MadhesKhabar

पर्सा–४ का कांग्रेस नेता–कार्यकर्तालाई बोलाएर पूर्वमन्त्री रिजालले भने : अब म चुनाव लड्दीन

MadhesKhabar

Leave a Comment