Madhes Khabar
राजनीति

सरकारको जाँचबुझ आयोगले गुण्डु पुगेर एमाले अध्यक्ष केपी ओलीसंग लियो ‘बयान’

काठमाडौं,२०पुसःपूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष आफ्नो भनाइ राखेका छन् । जाँचबुझ आयोग सम्बद्ध स्रोतले ओलीले आयोगमा ‘आफ्नो स्टेटमेन्ट दिएको’ पुष्टि गरेको छ ।

‘आयोगको टोलीले उहाँलाई पत्र काटेको थियो । पत्र बुझ्नासाथ उहाँ आफ्नो भनाई राख्न तयार हुनुभयो’ आयोगसम्बद्ध स्रोतले भन्यो, ‘त्यसपछि आयोगको टोली उहाँको स्टेटमेन्ट लिएर फर्किएको हो ।

आयोगसम्वद्ध स्रोतका अनुसार, ‘ओली निकटका व्यक्तिहरूको संकेतअनुसार नै आयोगको टोली पत्र लिएर ओलीलाई भेट्न उनको निवास गुण्डु गएको थियो । त्यहाँ ओलीले मौखिक रुपमा नभई लिखित रुपमा नै आफ्नो दृष्टिकोण र जवाफ पेस गरेका हुन् ।

यसअघि जाँचबुझ आयोगमाथि प्रश्न उठाउदै पूर्वप्रधानमन्त्री ओली सिंहदरबारमा पुगेर बयान दिन अस्वीकार गरेका थिए । तर पछिल्लो समय आफ्नो भनाइ फेर्दै ओलीले गुण्डुमा आए आयोगको टोलीलाई चिया खुवाएर पठाउने धारणा राखेका थिए ।

आयोगका पदाधिकारीहरु बयानमा गएका व्यक्ति, त्यसक्रममा सोधिएको प्रश्न र जवाफबारे विस्तृत रुपमा बताउन चाहँदैनन् । निकै गोप्य रुपमा पत्र तयार गर्नुका साथै आयोगको टोली ओलीसँग भेट्न गएको थियो ।

‘सबैको बयान र संकलित विवरणअनुसार ६० वटाभन्दा बढी प्रश्नहरू तयार भएका थिए’ आयोगसम्बद्ध स्रोतले भन्यो, ‘तिनै प्रश्नमा केन्द्रित भएर जवाफ लेखेको हुनुपर्छ । हामी साथीहरू ‘स्टेटमेन्ट लिएर फर्कियौं’ भन्दै हुनुहुन्छ ।’ साभारःअनलाइनखबर

Related posts

अब पर्सा–३ लाई भाषण होइन, परिणाम दिने नेता चाहिएको छ : एमाले उम्मेदवार पाण्डे

MadhesKhabar

चुनावमा अन्तर्घात गरेका ५ केन्द्रिय सदस्यलाई पार्टीबाट निष्कासन गर्ने जसपाको निर्णय

MadhesKhabar

बारामा पत्रकार सम्मेलन गरि राष्ट्रिय जनता दल पार्टीको घाेषणा

MadhesKhabar

Leave a Comment