Madhes Khabar
राजनीति हेडलाइन

पर्सा–४ का कांग्रेस नेता–कार्यकर्तालाई बोलाएर पूर्वमन्त्री रिजालले भने : अब म चुनाव लड्दीन

वीरगन्ज,३० फागुनः पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले अब आँफुले कुनैपनि चुनाव लड्ने घोषणा गरेका छन् । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ मा कांग्रेसबाट आठौं पटक उम्मेदवार बनेर पराजित भएका रिजालले अब आँफुले कुनैपनि चुनाव नलड्ने घोषणा गरेका हुन् ।

२०४८ साल यताको हरेक संसदीय निर्वाचनमा कांग्रेसको उम्मेदवार बन्दै आएका रिजालले चार पटक जीत र चार पटक हार व्यहोरेका छन् । २०४८, २०५१,२०६४ र २०७९ को निर्वाचनमा सांसदमा निर्वाचित भएका रिजालले २०५६,२०७०, २०७४ र हालै २१ फागुन २०८२ मा भएको निर्वाचनमा भने पराजय व्यहोरेका थिए ।

फागुन २१ मा भएको निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ मा कांग्रेसले व्यहोरेको पराजयको समिक्षा गर्न शनिबार जगरनाथपुर गाँउपालिका–५ मसिहानीमा आयोजित कांग्रेसको क्षेत्रीय अगुवा कार्यकर्ता भेलामा बोल्दै पूर्वमन्त्री रिजालले अब आँफुले संसदीय निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरे । उनले चुनाव नलडेपनि क्षेत्रका जनताको सेवामा भने सकृय रहिरहने बताए ।

उनले भने,‘आजै म घोषणा गर्छु अब म चुनाव लड्दीन । युवा पुस्तालाई साथ र समर्थन रहन्छ । तर चुनाव नलडेपनि यस क्षेत्रका जनताको सेवामा भने म लागि नै रहन्छु ।’पर्सा क्षेत्र नम्बर ४ को विकास र समृद्धिका साथै यहाँका जनताको समस्या सम्बोधन गराउनका लागि आँफ्नो तर्फबाट हुन सक्ने हरेक प्रयास आँफुले गरिरहने प्रतिबद्धतापनि उनले जनाए ।

फरक प्रसंगमा पूर्वमन्त्री रिजालले फागुन २१ को निर्वाचनमा आँफु र कांग्रेसलाई मत दिने मतदाताहरुलाई आभारसमेत दिए । परिवर्तनको लहरमा अन्य दल वा उम्मेदवारलाई मत दिएका कांग्रेसका कार्यकर्ता र समर्थकहरुप्रति आफ्नो कुनै गुनासो नरहेको भन्दै उनले अब पुन आफ्नै पार्टी कांग्रेसमा फर्किन अपिल पनि गरे । जनता जनार्दन भएकोले जनमतको कदर आँफुले गर्ने भन्दै उनले भने,‘ जनताको दुखसुखमा उभिने पार्टी भनेकै कांग्रेस हो । कांग्रेसलाई भरोसा गरेर घर फर्किन म आग्रह गर्छु ।’

रिजालले कांग्रेसबाट पालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गर्दै भने,‘ मालिक बन्ने कोशिश नगर्नु होला , जनताको सेवक बनेर काम गर्नु होला । म तपाइहरुकै साथमा छु र रहन्छु ।’

कांग्रेस क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा भएको उक्त भेलामा मधेस प्रदेश सरकारका वनमन्त्री शंकर चौधरी, कांग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेय, नेता बशिष्ठ नारायण कुर्मी, क्षेत्रीय सचिव बलिष्टर अहमद लगायतकाकोपनि सहभागिता थियो ।

 

Related posts

नेपाल–भारत बिचको व्यपारमा सरकारले सहजीकरण नगरेको नीजी क्षेत्रको गुनासो

MadhesKhabar

रवीन्द्र मिश्र,धवलशमशेर,स्वागत नेपालसहित १७ जना राजावादी पक्राउ

MadhesKhabar

पर्साको सिडिओ कार्यालयमै ठेकेदारहरु बिच हानाहान , चौरसिया प्रहरी नियन्त्रणमा

MadhesKhabar

Leave a Comment