Madhes Khabar
राजनीति

रवीन्द्र मिश्र,धवलशमशेर,स्वागत नेपालसहित १७ जना राजावादी पक्राउ

काठमाडौं,१५चैत : ​​​​राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा ,स्वागत नेपाल लगायत १७ जना शुक्रबार राति पक्राउ परेका छन्।

नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले मिश्र, राणा, नेपाललगायतका केही व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए। मिश्र र राणालाई सातदोबाटो तथा नेपाललाई पुतलिसडकबाट पक्राउ गरिएको हो।

राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरी प्रदर्शनमा परिचालित भएका थिए। मिश्र, राणा र नेपालले राजावादीको नाममा गरिएको तीनकुनेस्थित प्रदर्शनमा अगुवाई गरेका थिए।

नेपाल राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिको पदाधिकारीका रूपमा प्रदर्शनमा अगुवाई गरेका थिए। शुक्रबार भएको हिंसात्मक आन्दोलनको अनुसन्धानकोलागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

राजावादीहरूले शुक्रबार तिनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन गरेका थिए। जसकारण एक पत्रकारसहित दुई जनको मृत्यु भएको छ भने निजी तथा सरकारी सम्पत्तिमाथि ठूलो क्षतिसमेत पुर्‍याएको छ।

Related posts

पर्सामा जनमत पार्टीमा गयो भुईचालो :एकैसाथ पाँच केन्द्रिय सदस्यले छाडे पार्टी,जसपा नेपालमा प्रवेश

MadhesKhabar

परवानीपुरमा काँग्रेस र एमाले बिच तालमेल ,कार्यपालिका सदस्यमा ६ जना निर्वाचित

MadhesKhabar

पर्साबाट नेविसंघको केन्द्रीय सदस्यमा मनाेनित हुसैनले दिए राजिनामा

MadhesKhabar

Leave a Comment