Madhes Khabar
राजनीति

पर्सा–१ मा एमाले प्रवेश गर्नेहरुको लर्कोः हर्क सम्पाङको पार्टीका वीरगन्ज महानगर अध्यक्षपनि एमालेमा प्रवेश

वीरगन्ज, १७ फागुन :पर्सा निर्वाचन क्षेत्र नमबर १ का उम्मेदवार प्रदीप यादवलाई समर्थन गर्दै विभिन्न राजनीतिक दल परित्याग गरेर नेता–कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गर्ने क्रम बढ्दै गएको छ।

आइतबार हर्क सम्म्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका वीरगन्ज महानगर अध्यक्ष शोयब अख्तर नै एमालेमा प्रवेश गरेका छन्।यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर १८ सौराहाका युवा नेता राकेश यादवको नेतृत्वमा दर्जनौं युवाहरूपनि कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन्। यस्तै, वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्जका शंकर सिंहको नेतृत्वमा समेत दर्जनौं नेता–कार्यकर्ताहरू कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरूलाई नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादवले पार्टीमा स्वागत गरेका छन्। स्वागत मन्तव्यका क्रममा उनले देशको समृद्धि, स्थिरता र विकासको यात्रामा एमाले अझ जनमुखी र सशक्त बन्दै जाने विश्वास व्यक्त गरे। उनले विभिन्न पृष्ठभूमिबाट आएका नेता–कार्यकर्ताहरूको साथले संगठन थप मजबुत हुने उल्लेख गरे।

Related posts

हालसम्म ८२ क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध, पहिलो स्थानमा अनेरास्ववियु,दोस्रो स्थानमा नेविसंघ

MadhesKhabar

पर्सा १ मा प्रदीप यादवको जनलहर : नेकपा एसका वडा अध्यक्षका प्रत्याशी सहित सयौं जसपा प्रवेश

MadhesKhabar

दुइ मन्त्री सहित सरकारमा जाने लोसपाको तयारी

MadhesKhabar

Leave a Comment