Madhes Khabar
राजनीति

समानुपातिक सांसदको बन्दसूचीमा विभेद गरिएको भन्दै महिलाहरूको प्रदर्शन

काठमाडौं,१८पुसः प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा राजनीतिक दलहरूले बुझाएको बन्दसूचीमा महिला प्रतिनिधित्व कम भएको भन्दै काठमाडौंमा महिलाहरूले प्रदर्शन गरेका छन्।

संविधान प्रदत्त समानूपातिक समावेशी अधिकार कुण्ठित गरेको भन्दै राजनीतिक कदमविरुद्ध महिला अधिकारका लागि दबाब अभियानले शुक्रबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरूले समानुपातिकलाई आरक्षण नबनाऔं, समानुपातिकको मर्म मास्न पाइँदैन, संवैधानिक अधिकार कायम गर, अधिकार खोस्ने अभ्यास–लोकतन्त्रको अपमान, हामी न्याय चाहन्छौंलगायत लेखिएकाले प्लेकार्ड प्रदर्शन गरेका थिए।

उनीहरूले संविधानले सुनिश्चित गरेका तर व्यवहारमा कार्यान्वयन नभएका अधिकारहरूलाई पुनः स्मरण गराउँदै नारा लगाएका थिए।साभारःअन्नपूर्णपोष्ट

 

Related posts

पर्सा–४ का कांग्रेस उम्मेदवार रिजालले पनि सार्वजनिक गरे चुनाव खर्च

MadhesKhabar

जसपा परित्याग गरेका सिपु तिवारी सहित २६ जना माओवादीमा प्रवेश

MadhesKhabar

जनमत पार्टीले वीरगन्जमा मंसिर १० गते रंगभेदविरुद्ध बृहत र्‍याली निकाल्ने

MadhesKhabar

Leave a Comment