Madhes Khabar
राजनीति

जनमत पार्टीले वीरगन्जमा मंसिर १० गते रंगभेदविरुद्ध बृहत र्‍याली निकाल्ने

वीरगन्ज,८मंसिरःजनमत पार्टीले मंसिर १० गते वीरगन्जमा रंगभेदविरुद्ध बृहत र्‍याली निकाल्ने भएको छ ।शनिबार वीरगन्जस्थित जनमत पार्टी पर्साको कार्यालयमा बसेको पार्टीको जिल्ला कार्यसमितिको बैठकले रंगभेदविरुद्ध एकता दिवसका दिन मंसिर १० गते वीरगन्जमा रंगभेदविरुद्ध बृहत र्‍याली निकाल्ने निर्णय गरेको हो ।

जनमत पार्टीको केन्द्रिय निर्णय अनुसार रंगभेदविरुद्ध एकता दिवसका दिन वीरगन्जमा पनि पार्टीले बहृत र्‍याली निकाल्ने निर्णय गरेको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए । उनका अनुसार, मंसिर १० गते वीरगन्जको घण्टाघर चोकमा पार्टीका नेताकार्यकर्ता र शुभेच्छेकहरु भेला भई त्यहीबाट ¥याली निकालिने र र्‍यालीले नगरको परिक्रमा गर्नेछ ।

सर्राफको अध्यक्षतामा बसेको बैठकमा जनमत पार्टीका राजनीतिक समिति सदस्य सिपु तिवारी ,केन्द्रिय सदस्यहरु श्यामशंकर चौरसिया, अनिता रौनियार ,श्याम गुप्ता, बिनय यादव ,राहुल रौनियार ,राजेश चौरसिया, नेताहरु अमरनाथ सिह राठौर, सन्जय सिह लगायतकोपनि सहभागिता थियो ।

 

Related posts

सरकारमा जाने विषयलाई प्राथमिकतामा राखेका छैनाै : राप्रपा अध्यक्ष लिङदेन

MadhesKhabar

जनताबाट पाइरहेको समर्थनले झन् उत्साहित भएको छु : डाक्टर मधु गुप्ता

MadhesKhabar

युवा सभापति गगन थापाले हाँकेको कांग्रेस नै अहिलेको सबैभन्दा नयाँ पार्टी हो : पूर्वमन्त्री रमेश रिजाल

MadhesKhabar

Leave a Comment