Madhes Khabar
राजनीति हेडलाइन

आम जनता पार्टी (आजपा) को चुनावी घोषणापत्र सार्वजनिक


वीरगंज १,फागुनः आम जनता पार्टी (आजपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आम जनता पार्टी (आजपा)ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । आजपाको घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर एक रोजगारी, निशुल्क स्वास्थ्य र शिक्षा लगाएतका बिषयलाई समावेश गरिएको छ ।
घोषणापत्र सार्वजनिक गर्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आफुलाई मधेश र पहाडको भन्दै मत माग्ने र सत्ता आरोहण गरेपनि आफ्नो स्वार्थ पुरा गर्ने प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताए ।

अध्यक्ष साहले भने , “उम्मेदवार पनि ठीक हुने र व्यवस्थाका साथै नीति पनि सहि ढंगले चल्नेगरि देशलाई अघि बढाउन जनताहरुले पनि गम्भीर भएर निर्वाचनमा मत प्रयोग गर्नुपर्ने बेला आएको छ।”

आफूलाई जनतालाई मूर्ख बनाउनेहरूले आज नयाँ भनेर व्याख्या गरिराख्दा चिन्ता लाग्ने गरेको भन्दै उहाले अव आफ्नो पार्टी नयाँ मुद्दाका साथ जनतामा गएको दाबी गरे । उनले जनताको जीवनस्तर कागजी कितावमा नभइ वास्तविक रुपमा नै सुधार गर्ने योजना आफूहरूसँग रहेको बताए ।

Related posts

एमाले रौतहटको अध्यक्षमा साह निर्वाचित

MadhesKhabar

वीरगन्जका ३ वटा वडामा वर्षौँदेखिको डुबान समस्या समाधान हुदाँ स्थानीबासी खुशी

MadhesKhabar

भारतीय पक्षले गण्डक नहरमा पानी नदिदाँ पर्सा–बारामा रोपाईं प्रभावित

MadhesKhabar

Leave a Comment