Madhes Khabar
राजनीति

एमाले रौतहटको अध्यक्षमा साह निर्वाचित

रौतहट,१फाल्गुनः नेकपा (एमाले) रौतहटको अध्यक्षमा सचिदानन्द साह निर्वाचित भएका छन्। एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा अखिलेश्वर चौधरीलाई १८ मततान्तरले पराजित गर्दै साह अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित साहले १९३ मत पाउँदा उनका प्रतिद्वन्द्वि चौधरीले १७५ मत पाए ।

यस्तै जिल्ला उपाध्यक्षमा रुपेश कुमार पटेल १३६ मतका साथ निर्वाचित भएका छन् भने जिल्ला सचिव पदमा बाबुराम दाहालले २०२ मत ल्याएर विजयी भए। उपसचिवमा अवधेश कुमार यादव १२९ मत ल्याइ विजयी भएका छन्।

माघ २५ गते एमालेका अध्ययक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको १० औं जिल्ला अधिवेशनमा सहमति नजुटेपछि सोमबार मतदान भएको निर्वाचन अधिकृत बालबिक्रम कार्कीले जानकारी दिए। मत गणना सोमबार राति अबेर सकिएको थियो।

Related posts

पर्सा २ का गाँउ गाँउमा काँग्रेस प्रवेश गर्नेहरुको लर्को

MadhesKhabar

उपेन्द्र यादव मधेस र मधेसीका लागि लड्ने सच्चा नेता हो : कांग्रेस सभापति देउवा

MadhesKhabar

प्रधानमन्त्री ओलीले पाए संसदमा विश्वासको मत

MadhesKhabar

Leave a Comment