काठमाडौं,६साउनःप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् ।आइतबारको प्रतिनिधीसभामा प्रधानमन्त्री ओलीले विश्वासकोे मत पाएका हुन् ।
आइतबार २६३ जना प्रतिनिधीसभा सदस्य उपस्थित प्रतिनिधीसभामा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धि प्रस्तावमा गरिएको मत विभाजनमा प्रधानमन्त्री ओलीको पक्षमा १८८ मत र विपक्षमा ७४ मत परेको हो । मत विभाजनमा १ जना प्रतिनिधीसभा सदस्य भने तटस्थ बसे ।बहुमतका लागि ओलीलाई १३८ मतको आवश्यक थियो। आइतबार प्रतिनिधिसभा बैठकमा २७५ सदस्यमध्ये २६३ जना सांसद उपस्थित थिए।
प्रधानमन्त्री ओलीलाई नेकपा एमाले, नेपाली काँग्रेस, जसपा , लोसपा, जसपा नेपाल, जनमत पार्टी लगायतका दलका प्रतिनिधीसभा सदस्यले विश्वासको मत दिएका हुन् भने नेकपाा माआोवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एकिकृत समाजवादी ,नेमकिपा, राष्ट्रिय जनमोर्चा लगायतका ७ दलका प्रतिनिधीसभा सदस्यले भने विश्वासको मतसम्बन्धि प्रस्तावको विपक्षमा मत हालेका हुन् ।
असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।त्यसको भोलिपल्ट असार ३१ गते प्रधानमन्त्री ओलीले पद तथा गोपनियताको शपथ लिएका थिए ।