वीरगन्ज,८ वैशाखःवीरगन्जको मेनरोड विस्तारका क्रममा सडक छेउ र फुटपाथबाट उखलेर हटाइएका रुख र बिरुवाहरुलाई विपी उद्यान परिसरमा रोपेर पुर्नजीवन दिने काम थालिएको छ । ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले वीरगन्जमा जारी मेनरोड विस्तारका क्रममा सडक र फुटपाथ किनारबाट उखेलिएका रुख र बिरुवाहरूलाई ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले बेवारिसे अवस्थामा छाडिनुको साटो सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको हो ।
घण्टाघर नजिकै रहेको बिपी उद्यान पार्कमा ती रुख र बिरुवाहरूलाई लगेर पुनः रोपिएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए । उखेलिएका रुख र बिरुवाहरुलाई अलपत्र छाड्नुको सट्टा तिनीहरुलाई पुर्नजीवन दिन तथा शहरको हरियाली बढाउनका लागि बिपी उद्यान र्पाकमा लगेर पुन रोपिएको खेतानले बताए ।
बिपी उद्यान परिसरको अतिक्रमण हटाएर वीरगन्ज महानगरपालिकाले त्यहाँ हरित पार्क निर्माणको काम गरिरहेको छ ।

