Madhes Khabar
स्थानिय

पेखरिया नगरपालिकाको बेथिती र अनियमितता रोक्न माग गर्दै मेयरलाई बुझाइयो ज्ञापनपत्र

वीरगन्ज,५कार्तिक :राष्ट्रिय मुक्ति क्रान्ति नेपालले पर्साको पोखरिया नगरपालिकामा विद्यमान बेथिती र अनियमितता रोक्न माग गर्दै सोमबार ज्ञापनपत्र बुझाएको छ ।

राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रिय सदस्य निजामुदिन समानीले पोखरिया नगरपालिकाका मेयर प्रदुमन चौहानलाई तीन बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । उक्त ज्ञापनपत्र मार्फत राष्ट्रिय मुक्ति क्रान्ति नेपालले पोखरिया नगरपालिकाले बढाएको सम्पति कर खारेज गर्नु पर्ने ,नगरपालिकाका कर्मचारीलाई समयमै तलब दिनुपर्ने र नगरपालिका कार्यालयमा जनप्रतिनिधी र कर्मचारीको मिलोमतोमा भइरहेको आर्थिक अनियमितता बन्द गर्नु पर्ने माग गरेको छ ।

न्गरपालिकाले अनावश्यक रुपमा सम्पति कर बढाएर जनतालाई पिडा दिएको , अस्पतालमा स्वास्थ्य बिमाको औषधि वितरण नगरिएको , जनप्रतिनिधीहरुले नगरपालिकालाई कर्मचारी भर्ती केन्द्र बनाएको,ठेकेदारलाई समयमा भुक्तानी नदिएको जस्ता चरम बेथितीहरु बढेपछि बाध्य भएर आँफुहरुले सोमबार मेयर चौहानलाई तीन बुँदे ज्ञापनपत्र बुझाएको समानीले बताए ।

Related posts

बारा : करेन्ट लागेर हात्तीको मृत्यु भएको खुलासा (अपडेट)

MadhesKhabar

घडिअर्वा स्थित रामजानकी मन्दिरको अतिक्रमण हटाउन आज पनि डोजर चल्यो

MadhesKhabar

कलैया-पिलुवा सडकखण्डमा टिपरकाे ठक्करबाट एक युवकको मृत्युु

MadhesKhabar

Leave a Comment