वीरगन्ज,१०फाल्गुन:वीरगन्ज महानगरपालिकाले सार्वजनिक सम्पती अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाएको छ । वीरगन्ज महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा बिहीबार वडा नम्बर १६ का विभिन्न संरचनामा डोजर चलाइएको हो ।
कृषि तरकारी बजार, खानेपानी आयोजना तथा सार्वजनिक नहरको जग्गा अतिक्रमण गरी बनाइएका घर, गाेठ,घुम्ती पसल लगायतका संरचना बिहिबार डोजर चलाएर भत्काइएको मेयर सिंहका प्रेस सल्लाहकार महेश दासले जानकारी दिए ।
महानगरपालिका अन्तरगतको भौतिक पूर्वाधार अतिक्रमण नियन्त्रण समितिका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसिया, वडा नम्बर १६ का वडाध्यक्ष प्रशुराम चौरसिया, मेयरका राजनीतिक सल्लाहकार हरि पोखरेल, नगर प्रहरी प्रमुख हरि प्रसाद भुसाल लगायतको उपस्थितीमा अतिक्रमीत जग्गा खाली गराइएको हो ।

