Madhes Khabar
स्थानिय हेडलाइन

मुआब्जा माग गर्दै अलौंका स्थानीयले मेयर सिंहलाई बुझाए ज्ञापन

वीरगन्ज,१५फागुन :वीरगन्ज महानगरपालिका वडा नम्बर २५ अलौंका स्थानीयले मुआब्जा माग गर्दै महानगरका मेयरलाई ज्ञापन पत्र बुझाएका छन् ।

सोमबार स्थानीयले मुआब्जा चलन चल्ति अनुसार पाउनुपर्ने दाबी गर्दै मेयर राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाएका हुन् ।

सुख्खा बन्दरगाह विस्तारका लागि नेपाल सरकारले  अधिग्रहण गरेको ६२ विगाह जग्गा २०७३ सालदेखि नै खरिद विक्रि ,हक हस्तान्तरण हुन नसक्ने गरि रोक्का गरेको र २०७६ मा मुआब्जाका लागि मूल्यांकन तय गरिएको भए पनि उचित मुल्यांकन नभएको भन्दै चलनचल्तिको मुल्यांकन गरेर तत्काल मुआब्जा उपलब्ध गराउन स्थानीयले आग्रह गरेका हुन् ।

स्थानीयको ज्ञापन पत्र बुझ्दै मेयर सिंहले मुआब्जाको समस्या समाधानका लागि सम्बन्धित निकायमा आफूले पनि दबाब दिने प्रतिबद्धता जनाए ।

वर्षौंदेखि मुआब्जाबाट बन्चित हुँदा स्थानीयलाई ठूलो क्षति भएको भन्दै उनले तत्काल सम्बोधन गराउन आफ्नो तर्फबाट सकेको सहयोग गर्ने बताए ।

स्थानीयले संघर्ष समिति नै बनाएर मुआब्जा तत्काल पाउनुपर्ने माग राख्दै संघर्षका कार्यक्रम गर्दै आएका छन् ।

उनीहरुले साेमबारनै पर्साका प्रमुख जिल्ला अधिकारी र  सुख्खा बन्दरगाह कार्यालयमार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।

Related posts

पर्साको ग्रामीण भेगबाट विद्युत चोरेर प्रयोग गर्ने १२ जना पक्राउ

MadhesKhabar

विशेष महाधिवेशनबाट कांग्रेसकाे नयाँ नेतृत्व चयन :सभापतिमा गगन थापा, अरु पदाधिकारीमा काे काे ?

MadhesKhabar

वीरगन्ज महानगरका १० प्रतिशत नागरिकको घरमा छैन शौचालय

MadhesKhabar

Leave a Comment