Madhes Khabar
कृषि हेडलाइन

वीरगन्ज नाकाबाट दुई सातामा ७३ लाख ७० हजार मुल्यको गोलभेंडा भारत निर्यात

वीरगन्ज,४ भदौं : वीरगन्ज भन्सार नाका हुदै दुई साताको अवधीमा ७३ लाख ७० हजार रुपैया मुल्यको गोलभेंडा भारत निर्यात भएको छ ।
भारतमा नेपाली गोलभेंडाको आयातमा लगाइएको प्रतिबन्ध फुकुवा भएपछि त्यसयताको दुई साताको अवधीमा वीरगन्ज नाकाबाट ७३ लाख ६९ हजार ४३५ रुपैयाँ बराबरको ६ लाख ३७ हजार ६८० किलो गोलभेंडा भारत निर्यात भएको हो ।

वीरगन्ज भन्सार नाकाबाट यस अवधिमा सबै भन्दा धेरै गोलभेंडा भारत निकासी भएको भन्सारका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिए ।

भारतमा नेपालको गोलभेंडामा लगाइएको प्रतिबन्ध फुकुवा भएपछि दुई सातामै नेपालका विभिन्न भन्सार नाका हुदै ६ लाख ७० हजार किलो गोलभेंडा भारत निकासी भएको छ ।

यद्यपि यो विवरण सरकारी निकायमा निर्यातको प्रक्रिया पूरा गरेर भएको निर्यातको मात्रै हो । व्यवसायीहरुका अनुसार भन्सार प्रक्रिया पूरा नगरी यो भन्दा धेरै परिमाणको गोलभेंडा भारत निर्यात भएको अनुमान गरिएको छ ।

आफ्नो बजारमा गोलभेंडाको मूल्य उच्च भएपछि गत साउन २१ गतेदेखि भारतले नेपालको गोलभेंडा माथिको प्रतिबन्ध फुकुवा गरेको हो । त्यसयताको भदौ १ गतेसम्म वीरगन्ज, काँकडभिट्टा र भैरहवा भन्सार नाका भएर गोलभेंडा निर्यात भइरहेको छ ।

वीरगन्जसहित तीन भन्सार कार्यालयको विवरण हेर्दा १ भदौसम्म ६ लाख ६९ हजार ६८० किलो गोलभेंडा नेपालबाट निर्यात भएको छ । त्यसको कुल मूल्य ८० लाख ३६ हजार १६० रुपैयाँ हुन आउँछ ।

भारतमा गोलभेंडाको मूल्य खुद्रामै भारु २ सय रुपैयाँ नाघेपछि नेपालको गोलभेंडाको आयात खुला भएको थियो । त्यस अघि पनि नेपालबाट भारतमा गोलभेंडा लुकीछिपी भारत गइरहेको थिए ।

 

Related posts

समयमा बजेट नल्याएका पर्साका चार पालिकाले पाउने अनुदान रकममा कटौती हुने

MadhesKhabar

पर्सा–३ को चुनावी मैदानमा उत्रिएका युवा उद्यमी रुपेश भन्छन् : भुइँमान्छेका आवाज बन्नेछु

MadhesKhabar

अध्यक्ष मेहताको हठका कारण पकहाँ मैनपुरका कर्मचारीहरुले ६ महिनादेखि पाएनन् तलब

MadhesKhabar

Leave a Comment