Madhes Khabar
स्थानिय हेडलाइन

बारामा खुकुरी प्रहार गरेर यादवको हत्या गर्ने थारु पक्राउ

तस्बिर : साजिर मन्सुर

बारा,१५कार्तिकःबारामा कार्तिक ७ गते ५५ वर्षिय पुरुषको हत्या गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरि बिहीबार सार्वजनिक गरेको छ ।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ सेमरा तेगछीयाका ५५ वर्षिय भूमी सुधार भन्ने नारायण प्रसाद यादवको कार्तिक ७ गते बेलुकी ८ बजे गर्दनमा धारिलो हतियाार(खुकरी)ले प्रहार गरि हत्या भएको थियो ।

यादवको गर्दनमा खुकुरीले प्रहार गरी हत्या गर्ने यादवकै गाँउका ६४ वर्षिय सोगाई खाँ थारुलाई प्रहरीले पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो ।बिहीबार जिल्ला प्रहरी कार्यालय बारामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले थारुलाई यादवको हत्या भएकै दिन पक्राउ गरिएको बताए ।

घरबाटै पक्राउ गरिएका थारुले जग्गा सम्बन्धि पुरानो रिसबीका कारण यादवको हत्या गरेको बयान प्रहरीलाई दिएको सापोटाले बताए । प्रहरीका अनुसार, थारुले यादवको जग्गा वर्षौदेखि अँधियामा कमाउँदै आएका थिए । वर्षौदेखि आँफुले अँधियामा कमाउँदै आएको जग्गामा मोही हक लाग्ने भन्दै थारुले भनेपछि यादवले आफनो जग्गा थारुबाट फिर्ता लिएका थिए । त्यसैको आक्रोशमा थारुले यादवको हत्या गरेको प्रहरीको भनाई छ ।

यादवको हत्यामा थारुले प्रयोग गरेको खुकुरी भने थारुले आफनै घर पछाडिको झाडीमा लुकार राखेको अवस्थामा बिहीबार बरामद गरिएको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए । पक्राउ परेका थारुलाई प्रहरी हिरासतमा राखेर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भईरहेको उनले बताए ।

 

Related posts

बहुदरमाईका विद्यालयहरुको चाबी शिक्षकले सिडिओलाई बुझाए, १० हजार विद्यार्थीको पठनपाठन ठप्प

MadhesKhabar

नागरिकता लगायतका मुद्धा सम्बोधनका लागि जसपा जित्नु पर्छ : प्रदीप यादव

MadhesKhabar

गर्मी अत्याधिक बढेपछि वीरगन्ज महानगरका विद्यालयहरुमा पनि दुई दिनकाे विदा

MadhesKhabar

Leave a Comment