Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा : धानबारीमा लुकाएर राखिएको ४५० थान मोबाइल सशस्त्र प्रहरीद्वारा बरामद

वीरगन्ज,३०कात्तिकः पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर १ बलुवा गाँउको खेतमा लुकाएर राखिएको ४५० थान मोबाइल सशस्त्र प्रहरीले बरााद गरेको छ ।

तस्कहरुले भारतबाट तस्करी गरेर ल्याएको लाभा कम्पनिको ४५० थान मोबाइल (बटमवाला मोबाइल) सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपट्टीबाट सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र खड्काको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीले बलुवा गाँउस्थित धानबारीमा कार्टुनमा लुकाएर राखिएका ती मोबाइल बरामद गरेको हो ।

बरामद मोबाइलको बजार मूल्य अन्दाजी ९ लाख रुपैयाँ रहेको र आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिए ।

 

Related posts

मधेसका गाउँ–गाउँमा अखडा, मनमनमा पहलमानी

MadhesKhabar

पचरौता नगरपालिकाको बेलदारीमा मेयर सिंहले ८५ परिवारलाई बाँडे ग्यास चुल्हो सेट

MadhesKhabar

साइकल भ्रष्टाचार प्रकरण: हस्ताक्षर नगरेकै भरमा मुख्यमन्त्री राउतलाइ उन्मुक्ति

MadhesKhabar

Leave a Comment