Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा : धानबारीमा लुकाएर राखिएको ४५० थान मोबाइल सशस्त्र प्रहरीद्वारा बरामद

वीरगन्ज,३०कात्तिकः पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर १ बलुवा गाँउको खेतमा लुकाएर राखिएको ४५० थान मोबाइल सशस्त्र प्रहरीले बरााद गरेको छ ।

तस्कहरुले भारतबाट तस्करी गरेर ल्याएको लाभा कम्पनिको ४५० थान मोबाइल (बटमवाला मोबाइल) सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपट्टीबाट सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र खड्काको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीले बलुवा गाँउस्थित धानबारीमा कार्टुनमा लुकाएर राखिएका ती मोबाइल बरामद गरेको हो ।

बरामद मोबाइलको बजार मूल्य अन्दाजी ९ लाख रुपैयाँ रहेको र आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिए ।

 

Related posts

भंगेरा बचाउ अभियानमा वीरगन्ज महानगर

MadhesKhabar

भारतीय पर्यटकहरु भित्रिने ठोरी नाकाकाे भन्सार बन्द हुदाँ हाेटल तथा पर्यटन व्यवसायीहरु मर्कामा

MadhesKhabar

भारतबाट १ सय बढिको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम हटाउन सांसद यादवको माग

MadhesKhabar

Leave a Comment