Madhes Khabar
समाचार हेडलाइन

नेपालको चुनावका लागि भारतको सहयोग : वीरगन्जमा थप ३० वटा मिनी ट्रक उपहार स्वरुप प्रदान

वीरगन्ज,१७ फागुनः भारत सरकारले नेपालको निर्वाचनलाई लक्षित गर्दै थप ३० वटा सवारी साधन उपहार स्वरुप सहयोग गरेको छ ।
आइतबार वीरगन्जमा आयोजित एक औपचारिक कार्यक्रममा नेपाल सरकारलाई भारत सरकारको तर्फबाट ३० वटा मिनी ट्रकसहितका सामग्री हस्तान्तरण गरिएको हो ।

वीरगन्जस्थित भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ३० वटा मिनी ट्रकसहितका सामग्री औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् ।

फागुन २१ को निर्वाचनकोे तयारीका लागि नेपाल सरकारको आग्रहमा भारत सरकारले यसअघि ५८० वटा सवारी साधन उपहार स्वरुप प्रदान गरिसकिएको र आइतबार थप ३० वटा मिनी ट्रक लगायतका सामग्री प्रदान गरिएको महावाणिज्यदूत मीनाले बताए ।

 

Related posts

एक्सनमा वीरगन्जका मेयर : माइराम पोखरी अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सुरु

MadhesKhabar

एसिड आक्रमणमा परेकी वीरगन्जकी चेली मुस्कान खातुन प्रचण्डको पार्टीमा प्रवेश

MadhesKhabar

वीरगन्ज महानगरको पूर्वाधार विकास समितिको संयोजकमा सुशील साह कानु

MadhesKhabar

Leave a Comment