Madhes Khabar
शिक्षा हेडलाइन

पर्साका सरकारी विद्यालयमा सुधारका लागि २ सय १५ बालबालिकाले प्रधानमन्त्रीलाई लेखे चिठ्ठी

वीरगन्ज,१४बैशाखः गुणस्तरीय शिक्षाको माग गर्दै पर्साका दुई सय १५ जना बालबालिकाले लेखेको चिठ्ठी(पत्र) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाइएको छ ।

शिक्षाका लाष् िराष्ट्रिय अभियान नेपाल नामक संस्थाले पर्साका दुई सय १५ बालबालिकाले लेखेको चिठ्ठी शुत्रबmार पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शीव प्रसाद लम्सालमार्फत प्रधानमन्त्री प्रचण्डलाई पठाइएको हो ।

उक्त संस्थाले पर्सा जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा एक हप्ते अभियान सञ्चालन गरेर सामुदायिक विद्यालयको सुधार लगायतका विषयमा बालबालिकाले लेखेको पत्र संकलन गरेको थियो । दुई सय १५ जना बालबालिकाले लेखेको पत्र शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी लम्सालमार्फत प्रधानमन्त्रीलाई बुझाइएको संस्थाका जिल्ला संयोजक इब्राहिम देवानले जानकारी दिए ।

प्रधानमन्त्रीलाई बालबालिकाहरुले ‘मैले चाहेको विद्यालय’ शीर्षकमा लेखेको पत्रमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नु पर्ने , विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्थापन गर्नु पर्ने , प्रयोगशाला हुनुपर्ने ,जीवन उपयोगी तथा सीपमुलक शिक्षाको व्यवस्थापन गर्नुपर्ने,बालमैत्री र अपांगमैत्री शिक्षाको व्यवस्थापन गर्नुपर्ने लगायतका बुदाँ उल्लेख छन् ।

Related posts

वीरगन्जको नारायणी क्रिकेट मैदानमा एलिट कपको तयारी तिब्र,मेयर सिंहले पनि गरे निरीक्षण

MadhesKhabar

पर्साकाे धाेरेमा हुण्डीकाे १५ लाख नगदसहित एक युवक पक्राउ

MadhesKhabar

पर्साका ४०० दलित बालबालिकालाई अमेरिकामा बस्ने नेपाली दम्पतीले दिए विद्यालय पाेशाक

MadhesKhabar

Leave a Comment