Madhes Khabar
समाचार हेडलाइन

फेसबुकिया नेताहरु देख्दा दिक्क लाग्छ : मेयर सिंह

वीरगन्ज,२२मंसिरःवीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले फेसबुकिया नेताहरु देख्दा दिक्क लाग्ने गरेको बताएका छन् । वीरगन्जमा शनिबार आयोजित सानो पाईला नामक संस्थाको १८ औं स्थापना दिवस तथा छैठौं साधरणसभालाई सम्बोधन गर्दै मेयर सिंहले आजको युवा पुस्तामा नकरात्मकताको सोच हाबी भएको र जायज नाजाय सबै कुण्ठा फेसुबकमै पोख्ने गरेको बताए ।

यसले समाजलाई सही बाटोमा नलग्ने भन्दै मेयर सिंहले भने,‘राजनीतिक नेतृत्वको स्वस्थ्य आलोचना गर्नु नै पर्छ । तर आफुले चाहेको वा आफनो स्वार्थको हितमा भएन भने फेसबुकमा अरुलाई गाली गरेर कुण्ठा पोख्नु गलत हो ।’

अरुलाई अर्ति उपदेश दिन निक्कै सहज हुने तर त्यहि कूरा आँफुमा लागू गर्न गाह्रो हुने गरेको भन्दै मेयर सिंहले भने,‘ अरुलाई अर्ति उपदेश दिनुभन्दा पहिले त्यहि कूरा पहिले आँफैमा लागू गरेर अरुलाई अर्ति उपदेश दिदाँ राम्रो हुन्छ ।’

फेसबुकमा गाली गरेर मात्रै वीरगन्ज समृद्ध बन्न नसक्ने भन्दै मेयर सिंहले भने,‘यदि म मा त्रूटी छन् भने त्यो सच्याउन म तयार छु । मैले गरिरहेका काम कहिकतै कमजोरी भइरहेको छ भने सही सल्लाह र सुझाव मलाई आजको युवा पुस्ताले निरन्तर दिउन् भन्ने चाहन्छु ।’
राजनीति वा देशको नेतृत्व कसैलेपनि विरासतमा नपाउने भन्दै उनले त्यसका लागि लगनशील र धैर्य भएर जनताको विश्वास जित्नुपर्ने आवश्यक रहेको बताए ।वीरगन्जलाई ‘बैेभव वीरगन्ज’ बनाउने आफनो अभियानमा साथ दिन उनले वीरगन्जका युवा पुस्तालाई आह्वानपनि उनले गरे ।

सानो पाईलाका अध्यक्ष सुदिप कुमार तामाङ लामाको अध्यक्षता तथा वीरगन्जका मेयर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव ,सानो पाइलाका संस्थापक कञ्चन झा, वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव राजपाल लगायतकाकोपनि सहभागीता थियो ।

Related posts

पर्सामा काँग्रेसका उम्मेदवारलाइ जिताउन सकृयताका साथ लाग्ने प्रेस युनियनको प्रतिबद्धता

MadhesKhabar

आजबाट अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु

MadhesKhabar

बहुदरमाईका निमित्त प्रमुख प्रशासकीय अधिकृत र पाेखरियाका जिन्सी शाखा प्रमुख पक्राउ 

MadhesKhabar

Leave a Comment