Madhes Khabar
समाज हेडलाइन

दिपावलीमा पटका नपड्काउन पर्सा सिडिओ कार्यालयको चेतावनी

मधेसखबर
वीरगन्ज,०६ कार्तिक : जिल्ला प्रशासन कार्यालय पर्साले दिपावली र छठ पर्ब सुरक्षित र मर्यादीत तवरले मनाउन आग्रह गरेको छ ।

आइतबार एक सार्वजनिक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले दिपावलीमा रमाइलोको नाममा कुनै पनि किसिमको पटका वा पटकाजन्य पदार्थ प्रयोग गर्न आग्रह गर्दै यदि अटेर गरेमा कानूनी बमोजिम कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जारी गरेको सुचनामा चाडपर्बमा रमाइलोका नाममा भुइचम्पा,रकेट ,पटका जस्ता विस्फोटक र ज्वलनशील सामग्रीको प्रयोगले आगलागी , शारिरिक दुर्घटना र धनजनको क्षति हुने भएकाले त्यस्ता सामग्रीको ओसार पसार , खरिद बिक्री र प्रयोग पूर्ण रुपमा रोक लगाइएको उल्लेख छ ।

यदि कोहि कतैबाट त्यस किसिमको गैर कानूनी क्रियाकलाप गरेको पाइएमा त्यसमा संलग्न व्याक्तिलाई प्रचलित कानून बमोजिम कडा कारबाही समेत गरिने चेतावनी स्थानीय प्रशासनले दिएको छ । यसका साथै तिहारमा देउँसी भैलो राति १० बजे सम्ममा मात्र खेल्न अनुमति स्थानीय प्रशासनले दिएको छ ।

Related posts

बिदाकाे दिन सरकारी गाडीको दुरुपयोग:युवा संघले  सिडिओको गाडीपनि नियन्त्रणमा लियाे

MadhesKhabar

चितवन–२ मा बैशाख १० गते उपनिर्वाचन

MadhesKhabar

वीरगन्ज नाकाबाट हुने तस्करी रोक्न भन्सार कर्मचारी र सुरक्षा प्रमुखलाई अर्थमन्त्री पुनको निर्देशन

MadhesKhabar

Leave a Comment