Madhes Khabar
समाज हेडलाइन

दिपावलीमा पटका नपड्काउन पर्सा सिडिओ कार्यालयको चेतावनी

मधेसखबर
वीरगन्ज,०६ कार्तिक : जिल्ला प्रशासन कार्यालय पर्साले दिपावली र छठ पर्ब सुरक्षित र मर्यादीत तवरले मनाउन आग्रह गरेको छ ।

आइतबार एक सार्वजनिक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले दिपावलीमा रमाइलोको नाममा कुनै पनि किसिमको पटका वा पटकाजन्य पदार्थ प्रयोग गर्न आग्रह गर्दै यदि अटेर गरेमा कानूनी बमोजिम कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जारी गरेको सुचनामा चाडपर्बमा रमाइलोका नाममा भुइचम्पा,रकेट ,पटका जस्ता विस्फोटक र ज्वलनशील सामग्रीको प्रयोगले आगलागी , शारिरिक दुर्घटना र धनजनको क्षति हुने भएकाले त्यस्ता सामग्रीको ओसार पसार , खरिद बिक्री र प्रयोग पूर्ण रुपमा रोक लगाइएको उल्लेख छ ।

यदि कोहि कतैबाट त्यस किसिमको गैर कानूनी क्रियाकलाप गरेको पाइएमा त्यसमा संलग्न व्याक्तिलाई प्रचलित कानून बमोजिम कडा कारबाही समेत गरिने चेतावनी स्थानीय प्रशासनले दिएको छ । यसका साथै तिहारमा देउँसी भैलो राति १० बजे सम्ममा मात्र खेल्न अनुमति स्थानीय प्रशासनले दिएको छ ।

Related posts

खानेपानी मन्त्रालयको हालसम्मको प्रगति र कामको विवरण पेस गर्न मन्त्री यादवको निर्देशन

MadhesKhabar

पर्साको सोनबर्षामा आयोजित कार्यक्रममा २२ जनाले गरे रक्तदान

MadhesKhabar

वीरगन्जमा प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सुरु

MadhesKhabar

Leave a Comment