Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

१ सय रुपैयाँ बढीको सामानमा भन्सार तिर्नुपर्ने नियम संशोधन गरिने

काठमाडौं, २९ वैशाखः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिले सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा माथिको मालसामान भन्सार शुल्क नतिरी ल्याउन नपाइने नियम संशोधन हुने बताएका छन्।

सरकारले सीमावर्ती भारतीय बजारबाट ल्याइने १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार महसुल अनिवार्य गरेको छ। यसले गर्दा थोरै रकमको सामान ल्याउने सर्वसाधारणले ठूलो कष्ट भोग्नु परेको छ ।

सीमा नाकामा बस्ने सर्वसाधारणको सुविधाका लागि उक्त सीमा बढाइने उनले बताए । मंगलबार अर्थ समितिमा आयोजित छलफलमा बोल्दै उनले सिमानामा १ सय रुपैयाँभन्दा माथिको वस्तु ल्याउन रोक लगाउने नियम वर्तमान सरकारले नबनाएको समेत बताए ।

‘यो हामी आएर बनाएको नियम होइन,’ उनले भने, ‘यो सीमा बढाउँछौं, तर राजस्व चुहावट गर्ने उद्देश्यले हुने तस्करीमा भने हामी निर्मम हुन्छौं ।’ घरायसी सामानको नाममा दैनिक १०÷१२ पटक ओहोर दोहोर गरेर सामान ओसार्ने प्रवृत्तिमा कडाइ गरिने अर्थमन्त्री डा. वाग्लेले जानकारी दिए ।

 

Related posts

बाराकाे चुरियामाईमा बस दुर्घटना हुदाँ ७ जनाकाे मृत्यु ,१९ जना घाइते

MadhesKhabar

बारामा तेलहन खेती बढ्यो

MadhesKhabar

गरीबका लागि “भरपेट भोजनालय” निरन्तर सेवामा

MadhesKhabar

Leave a Comment